दसैंका लागि नयाँ नोटको जोहो (फोटो फिचर)

दसैंका लागि नयाँ नोटको जोहो (फोटो फिचर)

भैरहवा : दसैं नजिकिदै गर्दा नयाँ नोटको जोहो सुरु भएको छ। नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालय भैरहवाले दसैंका लागि नयाँ नोट वितरण सुरु गरेको छ।

बैंकले असोज २१ गते बाट असोज २९ गतेसम्म नयाँ नोट सटही गर्ने जनाएको छ।

असोज २१ गते देखि नयाँ नोट सटही सुरु गरेको बैंकबाट दैनिक करिब ७ सय सर्वसाधरणले दुई करोड रुपैयाँको नयाँ नोट सटही गरिरहेको क्षेत्रीय कार्यालय भैरहवाका प्रमुख अशोक पौडेलले जानकारी दिए। 

बैंकले टोकन प्रणालीमार्फत् नयाँ नोट वितरण गरिरहेको छ। धेरै समय लाइनमा उभिन नपरोस भन्ने उद्देश्यले २ वटा काउन्टरमार्फत ३० जनालाई मात्र लाइनमा राखेर नयाँ नोट वितरण भइरहेको बैंकले जनाएको छ।

वृद्धवृद्धा, अशक्त, अपाङ्ग र बन्डल फोरेर (जस्तै १०० रुपैयाँको २० वटा नोट मात्र) नयाँ नोट लिन चहानेका लागि छुट्टै काउन्टरको व्यवस्था गरिएको प्रमुख पौडेलले बताए।

उनले बैंक र वित्तिय संस्थालाई ४० करोड रुपैयाँ वितरण गरिरसकेको र यस बैंक अन्र्तगत रहेको अन्य जिल्लाका पनि १ अर्ब रुपैयाँ पठाइसकेको बताए। प्रत्येक जिल्लालाई १० देखि १५ करोड रुपैयाँ पठाइएको छ।

त्यस्तै विकास बैंकलाई ३ देखि ५ लाख, वाणिज्य बैंकलाई ५ देखि १० लाख, संघसंस्थालाई ५ लाख, सहकारीलाई २ देखि ३ लाख रुपैयाँ वितरण भइरहेको उनले जनाए।

उनका अनुसार बैंकले एक सय रुपैयाँको एक बन्डल र ५०, २०, १० र ५ रुपैयाँको २-२ बन्डल गरी प्रतिव्यक्ति २५ हजार रुपैयाँको दरले नयाँ नोट वितरण भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.