तेजाव हानेर सम्झनाको ज्यान लिने रामबाबु जेल पुगे

तेजाव हानेर सम्झनाको ज्यान लिने रामबाबु जेल पुगे

गौर : यहाँका दुई दिदीबिहनीलाई तेजाव प्रहार गरेको आरोपमा पक्राउ परेका रामवावु पासवानलाई जिल्ला अदालत रौतहटले पुर्पक्षमा राख्ने आदेश दिएको छ ।

चन्द्रपुर नगरपालिका–६ की १८ वर्षीया सम्झना कुमारी दास  र उनकी बहिनी १५ वर्षीया सुस्मिता कुमारीमाथि तेजाव प्रहार गरेको आरोपमा पक्राउ परेका छिमेकी रामबाबु पासवानलाई प्रहरीले अनुसन्धानपछि मंगलवार सरकारी वकिलको कार्यालयमार्फत अदालतमा बुझाएको थियो ।

न्यायधीश अम्बिका निरौलाको इजलासले पासवानलाई पुपक्र्षमा राखेर कार्वाही अगाडी बढाउने आदेश भएको जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिएका छन । तेजाव प्रहारबाट गम्भीर घाइते भएकी सम्झनाको उपचारको क्रममा ज्यान गएको थियो । 

तेजाव प्रहार गरेको घटनाको ६ दिनपछि प्रहरीले बिरामीको कुरुवा बस्न गएका घाइतेहरुका छिमेकी पासवानलाई कीर्तिपुर अस्पतालबाट पक्राउ गरेको थियो । पक्राउ परेका पासवान पीडित किशोरीहरुका बुवा जादोलाल दाससँगै कीर्तिपुरस्थित अस्पतालमा कुरुवा बस्न काठमाडाँै गएका थिए ।

गत भदौ २६ गते राति करिब १२ बजे सम्झना र सुस्मिता दास सुतिरहेको अवस्थामा तेजाव प्रहार भएको थियो । १८ वर्षीया सम्झनाको उपचारका क्रममा असोज ८ गते बिहान मृत्यू भएको थियो । उनको ३५ शरिर ३५ प्रतिशत भन्दा बढी तेजावले जलेको थियो ।

बहिनी सुस्मिता उपचारपछि घर फर्किएकी छिन । उनको पाखुरामा घाउ निको हुन बाँकी रहेकाले बेलाबेलामा चिकित्सकलाई देखाउनुपर्ने बाबु जादोलालले बताएका छन् । रामबाबुले मृतक १८ वर्षीया सम्झाना कुमारीलाई एकतर्फी प्रेम गर्दै आएको प्रहरी अनुसन्धान बाट खुलेको थियो ।

दासको मोबाइलको कल डिटेल, पीडित किशोरीका बाबुको किटानी जाहेरी, मृत्यु हुनु अघिको किशोरीको बयानको आधारमा पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

तेजाव प्रहार गरेको घटनामा दोषी ठहरिए नयाँ मुलुकी अपराधसंहिता अनुसार अनुहार कुरुप पारे ५ वर्षदेखि ८ वर्ष कैद र १ देखि ५ लाखसम्म जरिवाना, शरिरको अन्य भाग कुरुप बनाए वा शरिरमा पीडा गराएमा ३ देखि ५ वर्षसम्म कैद र ५० हजारदेखि ३ लाख जरिवाना हुने व्यवस्था छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.