अढाई महिनामै ४७ करोडको ड्राई फुड आयात

अढाई महिनामै ४७ करोडको ड्राई फुड आयात

वीरगन्ज : दसैंतिहार तथा छठ नजिकिएसँगै वीरगन्ज भन्सार नाका भएर ड्राइ फुड (मसलाका रूपमा प्रयोग हुने काजु, बदाम, छोकडा, ओखर इत्यादि) बढी जसो भित्रिन थालेको छ। नेपालमा न्यून उत्पादन हुने यस्ता ड्राइ फुड भारतलगायत तेस्रो मुलुकबाटै आयात हुँदै आएको छ।

यो वर्ष पनि चाडबाडलाई लक्ष्य गरी ड्राइ फुड आयात हुने क्रम सुरु भइसकेको छ। गत साउनदेखि असोज दोस्रो सातासम्मको साढे दुई महिनाको अवधिमा मात्रै पाकिस्तान, अमेरिका, दुबई, थाइल्यान्डलगायत तेस्रो मुलुकबाट वीरगन्ज नाका हुँुदै करिब ४७ करोड रुपैयाँ बराबरको ड्राइ फुड नेपाल भित्रिएको हो।

वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाहा हुँुदै चालु आर्थिक वर्षको साउन १ गतेदेखि असोज १५ सम्म ४७ करोड दुई लाख १२ हजारको १७ लाख ५३ हजार नौ सय ८८ केजी ड्राइ फुड नेपाल भित्रिएको हो। साढे दुई महिनाको अवधिमा वीरगन्ज भन्सार नाकाबाटै ३९ करोड ६१ लाख ९४ हजारको १४ लाख १३ हजार तीन सय आठ केजी ड्राइ फुड नेपाल भित्रिएको भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिए।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी यादवका अनुसार पछिल्लो साढे दुई महिनाको अवधिमा वीरगन्ज भन्सार हुँदै सबैभन्दा बढी नौ करोड ११ लाख ८३ हजार रुपैयाँको ९५ हजार केजी काजु आयात भएको छ।

यस्तै आठ करोड १७ लाख ६० हजार रुपैयाँ बराबरको ९४ हजार केजी ठूलो बदाम, सात करोड ६५ लाख ६५ हजार रुपैयाँ मूल्यको आठ लाख २४ हजार तीन सय २३ केजी छोकडा, दुई करोड १० लाख ४३ हजार रुपैयाँ मूल्यको ८४ हजार तीन सय ५० केजी नरिवल र ७२ लाख ८२ हजार रुपैयाँको १९ हजार केजी ओखर आयात भएको छ। गत आर्थिक वर्षको साउनदेखि असोज १५ गतेसम्म वीरगन्जका दुवै नाकाबाट ५७ करोड २३ लाख ९३ हजार रुपैयाँको १६ लाख २३ हजार तीन सय ८३ केजी ड्राइ फुड नेपाल भित्रिएको थियो।

दसैंतिहार तथा छठमा काजु, बदाम, नरिवल, ओखर, छोकडा, पेस्ता, अन्जिर, एप्रिकोटसहित सबै ड्राइ फुड तेस्रो मुलुकबाटै आयात हुने गरेका छन्। वीरगन्ज भन्सारका सूचना अधिकारी यादवका अनुसार नेपाली आयतकर्ताले पाकिस्तान, अमेरिका, दुबई, थाइल्यान्ड र भियतनामबाट आयात गर्ने गरेका छन्। उनले दसैंतिहार तथा छठमा भने यस्ता ड्राइ फुडको आयात अत्यधिक हुने बताए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.