शुभकामना दिन हेलिकोप्टर चार्टर

शुभकामना दिन हेलिकोप्टर चार्टर

प्युठान : दसैंको शुभकामना बाँड्न ऊर्जा, सिंचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुन हेलिकोप्टर चार्टर गरेर प्युठान आएका छन्। प्यूठान नगरपालिकाले मंगलवार आयोजना गरेको कार्यक्रममा मन्त्री पुन उपस्थित हुने भएपछि जिल्लाका विषयमा जिज्ञासा पोख्न ठुलो संख्यामा स्थानीय उपस्थित भए पनि कार्यक्रम शुभकामना आदानप्रदानमै सिमित भयो।

कार्यक्रम साढे १ बजे शुरुभयो। मन्त्री नआउँदै धेरै वक्ताले शुभकामना मन्तव्य राखिसकेका थिए। तीनबजे मात्र विजुवारस्थित खेल मैदान नजिक मन्त्री पुन हेलिकोप्टरबाट ओर्लिए। उनीसँग पूर्वसभामुख एवं नेकपाकी प्रदेश ५ अध्यक्ष ओनसरी घर्ति पनि आएकी थिइन्। पूर्वसभामुख घर्ति नेकपाको बैठकमा व्यस्त भइन्। मन्त्री पुनले शुभकामना कार्यक्रमलाई सम्वोधन गरे।

अघिल्लो दिन गृह जिल्लामा मन्त्री पुन दिनभर घुमेका थिए। पत्रकार महासंघ रोल्पाको भवन, र्‍याफटिङ र मेलाको उद्घाटन गरे। रोल्पाबाट प्युठान आउनुपूर्व उनले बाँकेका राष्ट्रिय गौरवका योजनाको अवलोकन पनि गरेका थिए। प्युठान नगरपालिकाको मैदानमा आयोजित कार्यक्रममा शुभकामनासहित अन्तरक्रिया कार्यक्रम पनि लेखिएकाले सहभागी उत्साहित थिए।

कार्यक्रम सञ्चालकले अन्तरक्रियाका लागि तीन मिनेट मात्र समय दिएपछि सहभागीले खिन्न महसुस गरे। यसबीचमा जसोतसो दुइजनाले कुरा राखे। विजुवार टिकुरीका टिकाराम पोख्रेलले भने, ‘लुग्रिमाडी सिंचाइ आयोजनामा २५ करोड बढी खर्च भइसक्यो। तर पुरा हुन सकेको छैन। रोल्पाका स्थानीय तहले सडक बनाउँदा आयोजनामा बनेको संरचनामा धेरै क्षति पुगेको छ। यस विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

अर्का एक सहभागीले अबदेखि खोलालाई खोला नभनी ‘नदी’ भन्नुपर्ने विषयमा मन्त्रीको ध्यानाकर्षण गराए। यी दुई जनाको जिज्ञासामै अन्तरक्रिया सकियो। प्युठान नगरपालिकाले ऊर्जा, कृषि र सिंचाइको समग्र प्युठानको विकास बारेमा मन्त्रीलाई मागपत्र बुझाउन भ्यायो।

मन्त्री पुनले छिमेकी जिल्लाको भूगोलका विषयमा आफूलाई धेरै जानकारी भएकाले विकास निर्माणमा चासो दिने प्रतिवद्धता जनाए। ‘पटक–पटक प्युठान आउने मन्त्रीसँग धेरै माग राख्यौँ’, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापती गुमानराज पुलामीले भने, ‘माग कागजमै सिमित भए। यहाँका जलस्रोतका संभावनालाई सरकारले सदुपयोग गर्नुपर्छ।’प्युठानीसँग लामोसमय बसेर अन्तरक्रिया गर्न नपाएकोमा मन्त्री पुनले दुःख व्यक्त गरे। फेरि समय मिलाएर आउने आश्वासन दिए।

शुभकामना आदानप्रदान गर्न हेलिकोप्टर चार्टर गरेर आउनु सकरात्मक पक्ष नभएको नागरीकले टिप्पणी गरेका छन्। मन्त्री पुन जिल्ला आवतजावतको खर्च आयोजकले व्यहोर्नुपर्ने स्वकीय सचिव कमानसिँह पुनले जानकारी दिए। तर आयोजकले हेलिकोप्टरको भूक्तानी नगरेको जनाएको छ। ‘कार्यक्रम व्यवस्थापनबाहेक मन्त्रीको खर्च नगरपालिकाले दिएको छैन। मन्त्रीज्यूको खर्च हामीले दिनुपरेन’, नगर उपप्रमुख शान्ता आचार्यले भनिन्। 

मन्त्री पुन हेली एभरेष्ट प्रालीको हेलीकोप्टरबाट प्युठान आएका थिए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.