पोखरामा सहन्यायाधिवक्ता ५ लाख घुससहित पक्राउ
![पोखरामा सहन्यायाधिवक्ता ५ लाख घुससहित पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/20180418051507_Ghus-ciaa_P0D3c9HJxx.jpg)
पोखरा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च सरकारी वकिलको कार्यालय पोखराका सहन्यायाधिवक्तालाई ५ लाख घुससहित पक्राउ गरेको छ । अख्तियारको पोखरा कार्यालयले सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई बुधबार बिहान पौने ९ बजे कार्यालयबाटै पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख काशिराज दाहालले जानकारी दिएका छन्।
कार्यलयमै सेवाग्राहीसँग ५ लाख घुसलिँदै गर्दा थापालाई रंगेहात पक्राउ गरिएको प्रमुख दाहालले बताए । सहन्यायाधिवक्ताल थापाले एक मुद्दालाई पुनरावेदनका लागि सर्वाेच्च अदालतमा नलैजाने शर्तमा घुस लिएको खुलेको बताइएको छ ।
बुधबार नै अख्यितार प्रमुख आयुक्त नवीनकुमार घिमिरे पनि पोखमै थिए । घिमिरेले बुधबार बिहानै अख्तियारको पोखरा कार्यालयको शिलान्यास गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)