फर्निचर व्यवसायमा चाडकाे राैनक

फर्निचर व्यवसायमा चाडकाे राैनक

फर्निचर तथा फर्निसिङले घरभित्रको सौन्दर्यता झल्काउँछ। घरभित्रको वातावरण सुन्दर र आकर्षक बनाउन फर्निचर तथा फिर्निसिङको प्रयोग गर्ने गरिन्छ। बजारमा स्वदेशी तथा विदेशी ब्रान्डका थुप्रै फर्निचर तथा फिर्निसिङ उपलब्ध छन्। फिर्निचर एसोसिएनका उपाध्यक्ष सुवेन्द्र जोशीको नेपालमा वार्षिक रूपमा ३५ अर्ब रुपैयाँ बराबरको फर्निचर तथा फर्निसिङको व्यापार हुने बताउँछन्। ५० प्रतिशत बजार हिस्सा नेपाली उत्पादन तथा बाँकी ५० प्रतिशत विदेशी ब्रान्डले ओगटेको उनको भनाइ छ। फर्निचरका लागि आवश्यक काठको सहज उपलब्ध नहुँदा विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको उनी बताउँछन्। ‘फर्निचर बनाउन काठ पाउन गाह्रो छ। तर धेरैको काठ प्रयोगमा नआई कुहिरहेका छन्’, जोशीले भने, ‘सरकारले काठका लागि सहजीकरण गरिदिएमा फिर्निचरमा नेपाल आत्मनिर्भर हुन सक्नेछ।’

कार्पेट, डोरम्याट, म्याट्रेसलगायत फर्निसिङ नेपाल आत्मनिर्भर भइसकेको उनको दाबी छ। एसोसिएसनका अध्यक्ष राजेश अग्रवाल फर्निचर क्षेत्रमा नेपाल आत्मनिर्भर बन्न सरकारी नीति परिवर्तन हुनुपर्ने बताउँछन्। ‘फर्निचर व्यवसायीले सिधै काठ खरिद गर्न सक्दैनन्, व्यवसायीले सिधै लिलामा भाग लिन पाउने व्यवस्था छैन। लिलाममा एउटाले किन्ने अनि चिरान मिलमा पुगेपछि मात्र व्यवसायीको हातमा पुग्छ’, अग्रवालले भने, ‘व्यवसायीको हातमा पुग्दासम्म दुई चरणको प्रक्रिया पूरा हुन्छ।’ सबैले आफ्नो नाफा जोड्दा फर्निचरको लागत बढ्ने उनको दाबी छ। साथै खरिद गरिएको काठ एक ठाउँबाट अर्को स्थानमा लैजान पनि समस्या छ। ‘तयारी फर्निचर सहज रूपमा ढुवानी गर्न सकिन्छ। फर्निचर बनाउन आवश्यक काठ ढुवानी गर्न निकै सास्ती छ’, अग्रवालले भने। यसले गर्दा पनि व्यवसायीहरू स्वदेशमै उत्पादन गर्नुभन्दा विदेशबाट आयत गर्न सहज हुने भएकाले त्यसतर्फ अग्रसर भएको उनको दाबी छ।

अग्रवालका अनुसार वार्षिक १५ देखि २० प्रतिशतले फर्निचर तथा फर्निसिङ सामग्रीको व्यापार बढ्दो क्रममा छ। अग्रवाल भन्छन्, ‘आयस्रोत वृद्धि र परिवर्तित जीवनशैलीले व्यापार बढ्दो छ।’ घर सजाउनका लागि फर्निचर अत्यावश्यक भइसकेको उनको भनाइ छ। ‘काठमाडौंका ग्राहकमा फर्निचर खरिद गर्न दसैं नै पर्खिनुपर्छ भन्ने सोच परिवर्तन भइसक्यो। पहिला जस्तो फर्निचर खरिद गर्न दसैं पर्खिने चलन छैन’, अग्रवालले भने, ‘ग्राहकले आवश्यकताअनुसार फर्निचर खरिद गर्ने गर्छन्। दसैंमा भीडभाड हुने भएकाले पायक पर्ने समयमै ग्राहकले किन्ने गर्छन्। तराई भेगका ग्राहक भने दसैं कुर्ने गर्छन्।’ उनका अनुसार दसैंको तुलनामा विवाहको सिजनमा फर्निचर धेरै बिक्री हुने उनको भनाइ छ।

स्पेसउड मोडर्न लिभिङ फर्निचरले भारतबाट आयात गरेर बिक्री वितरण गर्छ। यसबाट भारतको मोडुलर फर्निचर उद्योगमा निर्मित मोडुलर किचन, कस्टमाइज वार्डरम, बेडरुम, लिभिङ रुम फर्निचर, अफिस सेटिङ र पार्टेसनका सामग्री बिक्री वितरण हुन्छ।

स्पेसउड मोडर्न लिभिङ फर्निचरका बिजनेस हेड सुधिरराज सिंहका अनुसार जापानी प्रविधि तथा युरोपियन मापदण्डमा निर्मित फर्निचर उपलब्ध भएकाले ग्राहकको रोजाइमा परेको दाबी गर्छन्। ‘हाम्रो फर्निचर गुणस्तरीय र सुलभ मूल्यमा उपलब्ध छ। साथै, तीन वर्षदेखि १० वर्षसम्मको वारेन्टी कार्डसहित वारेन्टीको पनि व्यवस्था छ’, यसले गर्दा पनि ग्राहकको रोजाइमा परेको हो।’


श्रचाडपर्वको अवसरमा फर्निचर र फनिसिङमा छुटको व्यवस्था गरिएको हुन्छ। उक्त योजना घटस्थापनादेखि छठसम्म लागू हुने व्यवसायी बताउँछन्।

स्पेसउड मोडर्न लिभिङ फर्निचर केडिया अग्रनाइजेसनअन्तर्गतको सौर्य एक्जिम प्रालिमार्फत सञ्चालन भइरहेको छ। कम्पनीले साढे पाँच वर्षदेखि फर्निचरको बिक्री वितरण गरिहेको छ। चाडपर्वको अवसरमा कम्पनीका सामान खरिद गर्ने ग्राहकले १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको सिंहले बताए। उक्त योजना दसैंको घटस्थापनादेखि छठसम्म लागू हुनेछ। साथै यही अवधिमा स्पेसउडले ग्राकहलाई एक्सचेन्ज सुविधा पनि दिएको छ। स्पेसउडको सोरुबाट कुनै पनि पुरानो फर्निचर सट्टापट्टा गर्न सकिनेछ। अन्य स्थानको तुलनामा ग्राहकले उत्कृष्ट भ्यालुएसन पाउने उनले दाबी गरे। कम्पनीले यस अवधिमा दुई करोड रुपैयाँभन्दा बढीको फर्निचर बिक्री गर्ने लक्ष्य राखेको छ। कम्पनीले वेडरुम, किचन, डाइनिङ रुम, अफिस सेटिङ, मोडुलर कोकरी, मोडुलर फोई, मोडुलर बार, दराज, कस्टमाइज वार्डरक्सलगायत सामग्री वितरण गरिरहेको छ।

कसरी छनोट गर्ने

घर र कोठाको आकारअनुसार फर्निचर खरिद गर्नुपर्छ। कोठा सुहाँउदो फर्निचर किन्नुपर्छ। कोठाको बनोटसँगै नमिल्ने फर्निचरले कोठाको रुप बिगार्छ। कोठाको प्रकृति, बनोटअनुसार उपयुक्त फर्निचर रोज्नुपर्छ। त्यहीअनुसार फर्निचर किन्नुपर्छ। कोठालाई आधुनिक या क्लासिक के गर्दा उपयुक्त हुन्छ सोही अनुसार फर्निचर तथा फर्निसिङका सामान खरिद गर्नुपर्छ। बजारमा काठ तथा आल्मुनियमका फर्निचर उपलब्ध छन्। काठको तुलनामा आल्मुनियम हल्का र सस्तो हुन्छ। तर काठजस्तो आकर्षण देखिँदैन।

उचित डिजाइनका फर्निचर छनोट गर्दा धेरै कुरामा ख्याल राख्नुपर्छ। यो थोरै समयमै बदल्ने बस्तु होइन। डिजाइन छान्दा आधुनिक र धरै समयसम्म टिक्ने छान्नुपर्छ। चाडै पुरानो देखिने फर्निचर उपयुक्त हुँदैन। फर्निचर खरिद गर्दा आफूले खर्च गरेपछि सन्तुष्ट दिने हुनुपर्ने उपाध्यक्ष जोशी बताउँछन्। फर्निचर किन्दा धेरै वर्षको वारेन्टीमा नभई गुणस्तरमा विशेष ध्यान दिनुपर्छ। ‘फर्निचरमा प्रयोग भएको काठमा विशेष ध्यान दिनुपर्छ’, उनले भने, ‘फर्निचरजन्य सामग्रीमा सल्ला, मसाला, सिसौ तथा अग्राखको काठ प्रयोग गरिएको हुन्छ। ती काठ फर्निचरको कुन भागमा कति र कसरी प्रयोग गरिएको छ भनेर यकीन गरेर मात्र खरिद गर्नुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.