वनमन्त्री बस्नेत बेलायततिर

वनमन्त्री बस्नेत बेलायततिर

काठमाडौं : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत अवैध वन्यजन्तुको अङ्गप्रत्यङ्ग (आखेटोपहार) बेचविखन नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेका छन्।

आखेटोपहार व्यापारका लागि अवैध वन्यजन्तुको शिकार नियन्त्रण गर्ने उद्देश्यले हुन लागेको चौथो सम्मेलनमा भाग लिन मन्त्री बस्नेत मङ्गलबार राति त्यसतर्फ प्रस्थान गरेका हुन्। सम्मेलन बिहीबार र शुक्रबार बेलायतको राजधानी लण्डनमा हुँदैछ।

सम्मेलनमा एशिया, युरोप र अफ्रिकासहित विभिन्न ५० मुलुकका करीब एक हजार पाँच सय प्रतिनिधिको सहभागिता हुने वन मन्त्रालयले जनाएको छ। मन्त्री बस्नेतले बिहीबार सम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए।

शुक्रबार उनले सम्मेलनमा सहभागी हुन आएका विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुख सहभागी हुने निष्कर्ष बैठकमा समेत मन्तव्य दिनेछन्। नेपालले यस पटक पनि वन्यजन्तुको अवैध शिकार रोक्न अङ्गप्रत्यङ्गका अवैध ओसारपसार नियन्त्रणमा थप कडाइ गर्नुपर्ने अडान दोहोर्‍याउने मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.