भूकम्पपीडितको यसपालि पनि टहरामै दसैं

भूकम्पपीडितको यसपालि पनि टहरामै दसैं

चरिकोट : चार वर्षदेखि टहरामै दसैं मान्दै आएका चरिकोट नजिकै रहेका भीमेश्वर नगरपालिका २ फूलपाका ६४ परिवारको दसैं यसपालि पनि टहरामा नै बित्ने भएको छ। आमविनासकारी भूकम्पले ध्वस्त बनाएको तीन वर्ष बितिसक्दा पनि ६४ निजी आवासको पुनर्निर्माण हुन सकेको छैन।

सदियौंदेखि बसोबास गरेको जग्गाको स्वामित्व आफ्नो नाममा नभएका कारण साविकको नगरपालिका ४ र हालको वडा २ रहेको फूलपाका ६४ परिवारले निजी आवास पुनर्निर्माण गर्न सकेका छैनन्। लालपूर्जा आफ्नो नाममा नभएकै कारण भूकम्प प्रभावितहरूले पाउने सेवा सुविधाबाट वञ्चितमा परेको भन्दै उनीहरूले सम्बन्धित निकायमा पटक पटक गुनासो गरेका थिए। ६४ परिवारलाई घर पुनर्निर्माण गर्न सहज होस् भनी हुराडेक नेपालले विभिन्न छलफल, बैठक, कागजात संकलनको कार्य आदिमा सघाइरहेको छ। भूमिहीन सीमान्तकृत समुदायको बसोबास रहेको उक्त क्षेत्रमा पुनर्निर्माणका लागि जग्गा पाउन संघर्ष समिति समेत बनेको छ। भूकम्प प्रभावित जग्गा प्राप्ति संघर्ष समितिका संयोजक मोहन योगी, सदस्यहरू प्रतिमा योगी, अनुप थामी, लालकृष्ण थामी लगायतले राज्यले भूमिहीनका आवास पुनर्निर्माणका स्पष्ट नीतिको अभावले घर पुनर्निर्माण गर्न नसकेको बताएका छन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, भीमेश्वर नगरपालिका र २ नम्बर वडा कार्यालयमा सो समितिले ६ महिनाअघि नै दुईपटक संयुक्त निवेदन नै दर्ता गराइसकेका छन्। निवेदनउपर कुनै कारबाही नभएपछि फूलपावासी सरकारपीडित समेत बनेका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण दोलखाकी शाखाअधिकृत रीता लम्सालले केही कार्यविधि तथा नीति स्पष्ट नभएकाले समस्या आएको जनाउँदै सोबारे माथिल्लो निकायमा लेखी पठाउने बताएकी छन्। घर पुनर्निर्माण गर्न नपाएका कारण ६४ परिवारका करिब तीन सयजना प्रत्यक्ष मर्कामा परेका छन्।

‘प्राधिकरणको घरदैलो सर्वेक्षण तथा स्थलगत अध्ययनबाट लाभग्राही सूचीमा नाम दर्ता भएको तर भूमिहीन भएका कारण सम्झौता नै गर्न नसकेका १९ परिवार झनै पीडित हुन पुगेका छन्’, वडा नं. २ का कार्यवाहक अध्यक्ष लालकृष्ण थामीले भने। नापीका बखतमा फिल्डबूकमा मोहीको नाममा नाम दर्ता भएको तर जग्गा कायम नभएको फिल्डबूकका आधारमा नक्सा पास भई निजी आवास पुनर्निर्माण भएकाले जग्गाधनीले घर दाबी गरे ४२ लाभग्राहीको बासै उठ्ने सम्भावना रहेको पनि कार्यवाहक अध्यक्ष थामीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.