दसैं खर्च जोगाएर बिमा

दसैं खर्च जोगाएर बिमा

कालिमाटीकी रिना शाहले गत वर्ष दसैं खर्च कटौती गरेर छोरी सदीक्षाको जीवन बिमा गराइन्। उनले दसैंमा हुुने खर्चको सूचीबाट थोरै रकम कटौती गरिन् र त्यो रकममा छोरीको दक्षिणासमेत थपेर पाँच लाखको जीवन बिमा गराइन्। यस वर्षको दसैंपछि उनको दोस्रो किस्ताको प्रिमियम तिर्ने बेला हुन्छ। यस वर्ष उनले आफ्नै भदाहको पनि जीवन बिमा गरिदिने विचार गरेकी छन्। उनकै सल्लाहबाट उनका दाजुु रमेश सिंहले छोरा प्रकाशको जीवन बिमा गरिदिने योजना बनाएका छन्। ‘दसैंपछि खर्च गरेर बाँकी हुुन आएको रकमबाट ११ वर्षीय छोराको बिमा गर्ने विचार गरेको छुु’, उनले भने, ‘खर्च भनेको जति गरे पनि सकिन्छ तर अहिलेको थोरै बचतले भविष्यमा ठूला राहत मिल्छ।’

दसंै भन्ने वित्तिकै खर्चसँग गाँसिन्छ। दसैंमा बढी खर्च हुुने भएकाले नै आम्दानीका स्रोतलाई पनि दसैंसम्म थुुनेर राखिन्छ। यो पर्वमा जागिरेले एक महिनाको बोनस पाउँछन् भने अन्यले पनि दसैंका लागि खर्च जोह गरेर राख्छन्। दसैंमा तडकभडक नगरी फजुुल खर्च जोगाएर जोखिम वहन गर्नुु बुुद्धिमानी हुुने जानकारहरू बताउँछन्। ‘थोरै रकम कटौती गरेर बिमा गर्दा जोखिम कम हुुनका साथै भविष्य पनि सुुरक्षित हुुने युुनियन लाइफ इन्सुरेन्सका प्रमुुख कार्यकारी अधिकृत मनोजकुुमारलाल कर्णले बताए।

‘आजको सानो बचतले भोलि ठूलो सहयोग मिल्छ’, उनले भने, ‘दसैंमा गरिने धेरै खर्चबाट थोरै रकम कटाएर पनि बिमा पोलिसी खरिद गर्न सकिन्छ। युुनियन लाइफले ‘अर्ली मनी ब्याक’ भन्ने नयाँ पोलिसी ल्याएका छ’, कर्णले भने, ‘यो पोलिसी खरिद गर्दा बिमा गरेको एक वर्षपछि पोलिसी अवधिभर हरेक वर्ष बिमांक रकमको ५ प्रतिशत रकम फिर्ता पाइन्छ।’

यदि कुुनै मानिसले यो पोलिसी अन्तर्गत पाँच लाखको बिमा गर्याे भने उसले बिमा गरेको पछिल्लो वर्षदेखि नै हरेका वर्ष २५ हजार फिर्ता पाउँछ। साथै पोलिसी म्याचुुयड भएपछि वोनस र पूरै बिमांक रकम पनि। एकतिर आय भइरहेको हुुन्छ भने अर्कोतिर अझ पोलिसीको प्रिमियमको झण्डै दुुई चौथाई मनी ब्याकबाटै तिर्न सकिन्छ।

बिमा सर्वसाधारणले गर्नुुपर्छ। अहिलेको सानो बिमाबाट भोलि ठूलो काम गर्न सकिन्छ। बिमा जोखिम वहन गर्ने र बचत गर्ने गतिलो औजार भएको नेपाल लाइफ इन्सुरेन्सका प्रमुुख कार्यकारी अधिकृत विवेक झाले बताए। अहिलेको थोरै रकमपछिका लागि ठूलो पुँजी हुुने भएकाले थोरै बचत गरेर भए पनि बिमा गर्न हरेक नागरिक सचेत हुुनुुपर्ने उनको सुुझाव छ।

अझ दसैंमा छोराछोरी तथा नातीनातिनाको बिमा गर्दा अभिभावकले यसको भार कम बहन गर्नुुपर्ने हुुन्छ। साना नानीहरूको दसैंका बेला दक्षिणा पाएका हुुन्छन्। सोही दक्षिणामा थोरै रकम थपेर नभए पनि त्यतिकै रकमको पनि जीवन बिमा गर्न सकिने सरोकारवालाको भनाइ छ। यसले बालबालिकामा बचत गर्ने बानीको विकास गराउनुुका साथै ठूला हुुँदा आफूलाई आवश्यक पर्दा रकम खर्च गर्न पाइन्छ।

त्यसैले दसैंमा भएको जति सबै खर्च नगरेर केहि रकम बचाएर जीवन बिमाको निर्णय गर्दा राम्रो हुुनेछ। बिमितले दिगो बचतको बाटो त खोल्छ नै जोखिम न्यूनीकरणका लागि पनि ठूलो सहयोग गर्छ।

विदेशतिर बच्चा जन्मने बित्तिकै अनिवार्य बिमा गर्नुु पर्छ। नेपालमा भने कम आयस्रोत हुुनुु र बिमासम्बन्धी सचेतनाको कमीका कारण बिमा संस्कृति फस्टाउन सकेको छैन। अहिले पनि कुुल जनसंख्यामध्ये करिब १२ प्रतिशतमा बिमा सेवा पुुगेको बताइँदै आएको छ। यसरी हेर्दा नेपालको बिमा बजार खालीनै छभन्दा पनि हुुन्छ। गाउँगाउँसम्म बिमा सचेतना कार्यक्रम गरेर सानो सानो रकमबाट पनि बिमा गर्न सकिने बनाउनुुपर्ने देखिएको छ। नेपालमा जीवन बिमा गर्ने १८ वटा कम्पनी छन्। गाउँगाउँसम्म यी कम्पनीले विभिन्न आकर्षक पोलिसीमार्फत व्यवसाय विस्तार गरिरहेका छन्।

बिमा गर्न उमेरले छेक्दैन। बच्चा जन्मेकै दिन उस्को बिमा गर्न सकिन्छ। आमा वा बुवामध्ये एक जना संरक्षक बसेर बच्चाको बिमा गर्न सकिने व्यवस्था छ। ६५ वर्षभन्दा बढी उमेर पुुगेका वृद्ध÷वृद्धाको भने जीवन बिमा गरिँदैन।

बच्चाले पाएको दक्षिणा रकममा अभिभावकले अलिकति थपेर बिमा गरिदिने हो भने भविश्यका लागि राम्रो बचत हुुने उनको भनाइ छ। ‘दसैंमा र जन्मदिनमा आउने दक्षिणा लगायत उनीहरूले बेला बेला पाउने पैसा बचाउने हो भने अभिभावकको आयस्रोत बलियो नभए पनि बिमा गर्न समस्या हुुँदैन’, उनी भन्छन्।

यदि ५० हजारको मात्र बिमा गर्ने हो भने वार्षिकरूपमा तीन हजार प्रिमियम तिर्दा १५ वर्षको बिमा अवधि सकिन्छ। थोरै भए पनि यो रकम बचतसँगै र जोखिम बहनमा पनि सहायक बन्न सक्छ।

सामान्य बिमामा बिमांक रकम तिर्दै जाने र भुुक्तानी भने अवधि सकिएपछि मात्रै पाइन्छ। अहिले बढ्दो प्रतिस्पर्धाका कारण बिमा कम्पनीले विभिन्न योजनासहित नयाँनयाँ बिमा पोलिसी ल्याएका छन्। सकेसम्म सबै कम्पनीमा बुुझेर आफूलाई चित्त बुुझेको बिमाको प्याकेज खरिद गर्दा राम्रो हुुन्छ।

बिमितले आफ्नो आय स्रोतअनुुसार बिमा गर्न सक्छ। बिमाको प्रिमियम भुुक्तानी गर्दा वार्षिक, अर्धवार्षिक वा तीन÷तीन महिनामा गर्न सकिन्छ। सानो बिमांकको बिमा गर्दा सानै रकम तिर्नुुपर्छ भने ठूलो बिमा गर्न सकिन्छ। ५० हजार रुपैयाँभन्दामाथि जति बिमांकको पनि बिमा गर्न सकिन्छ। एउटै व्यक्तिले आफ्नो आयस्रोतअनुुसार जति पनि बिमाका पोलिसी खरिद गर्न सक्छ।

बिमा भनेको क्षतिपूर्ति हो। जतिवटा बिमा ग‍र्याे त्यतिवटा बाटै क्षतिपूर्ति पाइन्छ। जीवन बिमा प्रिमियम तिरेका आधारमा पाउने क्षतिपूर्ति भएको नेपाल लाइफ इन्सुरेन्सका प्रमुुख कार्यकारी अधिकृत विवेक झाले बताए। १० वटा बिमा गरेको मानिसले जोखिम परेका बेला अर्थात् बिमा म्याचुुअर्ड भएपछि सबैबाट सुुविधा पाउँछन्। बिमा गर्दा कति फिर्ता आउँछ ? बिमा भनेको जोखिम न्यूनीकरण गर्नुु हो। त्यसैले भविष्यमा त्यस्तो कुुनै भवितव्य आयो भने कम्पनीले तपार्इंको परिवारलाई बिमांक बराबरको रकममा बोनस थपेर रकम फिर्ता दिन्छ। तपाईंले पाँच लाख रुपैयाँको बिमांकको बिमा गर्नुु भएको छ भने विचमा कुुनै दुुर्घटना भए पाँच लाख र पैसा तिरेको अवधिसम्मको बोनस पाइन्छ।

बिमित कुुनै जोखिममा परेन भने बिमा अवधि सकिएपछि बिमितले तिरेको सबै पैसामा कम्पनीले दिने बोनस जोड्दा लगभग दोब्बर रुपैयाँ फिर्ता पाउन सकिन्छ। जस्तो पाँच लाख रुपैयाँको बिमा गर्दा अन्त्यमा झन्डै १० लाख रुपैयाँ फिर्ता पाईन्छ।

बिमा गर्न सुुरु गरेको एक दुुई वर्षमै अभिभावकको जीवन तलमाथि भैहाल्यो भने पनि बच्चाले मासिकरूपमा बिमा रकमको एक प्रतिशत पढाइ खर्च बिमा अवधिभर पाउँछन्। अवधि सकिएपछि बिमा रकम र जति रुपैयाँ तिरेको हो त्यसको बोनस पनि एकमुुस्ट फिर्ता पाइन्छ।

बिमाका फाइदा

  • जोखिम वहन
  • सुुरक्षित भविष्य
  • परिवारको आर्थिक सुुरक्षा
  • नियमित बचत
  • बुुढेसकालको सहारा
  • बालबच्चाको उच्च शिक्षा र विवाह व्रतबन्धजस्ता सांस्कृतिक पर्व गर्न सहज
  • आयकरमा सुुविधा
  • फजुुल खर्च कम हुुने
  • सस्तो र छिटो ऋण (बिमा पोलिसी राखेर समर्पण मूल्यको ९० प्रतिशतसम्म ऋण लिन सकिने)
  • वित्तीय संस्थाको तुुलनामा कम ब्याज (१० प्रतिशतमै ऋण पाइने) रोजगारीको अवसर

प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.