बेहोस बनाई लुटपाट

बेहोस बनाई लुटपाट

भरतपुर : १५ वर्षदेखि लुटपाटमा सक्रिय रहेका लुटेरालाई चितवन प्रहरीले पक्राउ गरेको छ। पेय पदार्थमा बेहोस हुने औषधि मिसाएर लुटपाट गर्ने गिरोहका दुईजना चितवन प्रहरीले पक्राउ गरेको छ। मानिसलाई बेहोस बनाई लामो समयदेखि लुटपाटमा लागेका दुई जनालाई पक्राउ गरेको हो।

कास्की माछापुच्छ्रे गाउँपालिका ६ बस्ने ५६ वर्षीय गोपाल भनिने कालु परियार पक्राउ परेका हुन्। उनीहरूसँगै मकवानपुर थाहा नगरपालिका २ का ४९ वर्षीय हरि गोले पक्राउ परेका हुन्। छिमेकीलाई लुट्न गोलेले परियारसँग योजना बनाएका थिए। गोले यसअघि पनि लुटपाटको आरोपमा तीन वर्ष जेल बसेका थिए। ५६ वर्षीय कालु परियारले बेहोस बनाउने भनिएको औषधि एटिभन भारत नौतुनवा गोरखपुरबाट ल्याउने गरेका थिए।

१५ वर्षअघि गोरखपुर भारतमा होटलमा काम गर्दा एक भारतीय नागरिकबाट यस्तो अपराध गर्न सिकेको उनले बताएका छन्। उनले सुर्खेत, नेपालगञ्ज र बुटवलबाट हजारौ रुपैयाँ लुटपाट गरेको खुल्न आएको छ। अमिलो बेच्ने बहानामा घरमा रहेकालाई उनले औषधि हालेको अखाद्य वस्तु खुवाउने गरेका थिए।

पछिल्लोपटक माडीमा अमिलो बेच्ने बहानामा लुटपाट गरेका थिए। श्रीमान् श्रीमतीको बहाना गरेर बास बस्ने नाटक गरेर पनि लुटेका थिए। माडी नगरपालिका ६ का भीमबहादुर सुनारको घरमा पेय पदार्थ खुवाएका थिए। सुनारकी आमा मायाकुमारी सुनार, श्रीमती अनिशा सुनार, चार वर्षीया छोरीलाई आँपको जुसमा बेहोस हुने औषधि मिसावट गरेर खुवाएका थिए। ११ दिनको उपचारपछि पनि मायाकुमारी अझै बेहोस छन्।

बेहोस बनाएर करिब १५ तोला सुनका गरगहना, दुई थान मोबाइल सेट लुटेर उक्त स्थानबाट भागी फरार भएका थिए। एक जना महिलालाई अमिलो बेच्ने बहानामा महिला र पुरुषलाई श्रीमान् श्रीमतीको बनावटी नाता देखाएर बास माग्न लगाएका थिए। उनीहरू अहिले फरार छन्।

बेहोस अवस्थामा रहेकालाई सेन्ट्रल अस्पतालको सघन उपचार कक्षमा भइरहेको प्रहरीले जनाएको छ। ‘बसमा यात्रा गर्दा या घरमा बास माग्ने निहुँमा लुटपाट गर्ने गिरोह समातिएको छ’, चितवनका एसपी सुशिलसिंह राठौरले भने, ‘यो प्रहरीका लागि सफलता हो।’ आँपको जुसमा औषधी खुवाएर बेहोस बनाएका थिए।

माडीमा दुई महिलालाई बेहोस हुने औषधि मिसाएर लुटपाट गरेका थिए। गोलेलाई प्राविधिक अनुसन्धानको आधारमा शुक्रबार बिहान आँपटारीमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। परियारलाई भने लुटपाटका लागि प्रयोग गरिने औषधि, इन्जेक्सन, टर्च, जुस सहितको बोतलसहित शुक्रबार बेलुका बुटवल बसपार्कबाट पक्राउ गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.