चेपाङ छात्रालाई आवास

चेपाङ छात्रालाई आवास

रत्ननगर : गामबेंसीस्थित चेपाङ संरक्षण केन्द्रमा रहेका छात्राका लागि छुट्टै आवासगृह बन्ने भएको छ। एनआरएनएका संस्थापक एवं जर्मनका लागि नेपाली महावाणिज्यदूत रामप्रताप थापामार्फत किन्डरहिल्फ नेपाल एण्ड जर्मन नेपाल फ्रेण्डसीप एशोसिएसन जर्मनको आर्थिक सहयोग तथा नेशनल ट्रष्ट अफ नेचर कन्भरसेसन नेपालको प्राविधिक सहयोगमा निर्माण हुन लागेको हो। २०६८ मा स्थापित केन्द्रमा हालसम्म छात्रछात्रा एकै ठाउँमा बस्दै आएका थिए।

केन्द्रको अवस्थाबारे जानकारी भएपछि छुट्टाछुट्टै छात्रावास निर्माणको योजना बनाएर नेपाल फर्किएको थापाले बताए। ‘विपन्न समुदायका लागि सरकारले ध्यान दिनुपर्ने हो’, उनले भने, ‘तर सरकारको ध्यान पुगेन भन्दैमा हामी पनि चुप लागेर बस्नु हुँदैन।’ त्यसैले केन्द्रका लागि काम गर्न जर्मनबाट नेपाल आएको उनले बताए। विपन्न वर्गका चेपाङ समुदायलाई पनि राम्रो वातावरण मिलाउन सके माथिल्लो तहसम्म पुग्न सक्ने हुँदा प्रयास गरेको उनले बताए। ‘यही चेपाङ बालबालिकालाई उच्च शिक्षाका लागि राम्रो वातावरण भयो भने उनीहरूले नै भोलि चितवनलाई विश्वसामू चिनाउन सक्नेछन्’, उनले भने। उक्त भवन निर्माण गर्न कम्तिमा २० लाख रूपैयाँ लगानी लाग्ने केन्द्रको अनुमान छ।

‘केन्द्रमा सबै बालबालिका एकै ठाउँमा बस्नुपर्ने बाध्यता अब बिस्तारै हट्दैछ’, केन्द्रका अध्यक्ष केपीकिरण शर्माले भने, ‘दाताहरूकै सहयोगबाट चलेको केन्द्रमा कहिलेकाँही भगवान्को नजर पनि पर्दोरहेछ।’ तर स्थानीय सरकार तथा प्रशासनबाट हुनुपर्ने सहयोग नपाएको भन्दै रत्ननगर नगरपालिकाका मेयर नारायण वनसँग सहयोगका लागि उनले अपिल गरे। ‘मलाई धेरैले केपीकिरणले चेपाङको नाममा खायो भन्ने आरोप अझै पनि लागिरहेको छ’, उनले भने, ‘चेपाङ बालबालिकाका लागि थैलो थापेर हिँड्दाहिँड्दै जुन दिन म ढल्छु, त्यही दिनबाट मेरा दुई छोराले यो ठाउँ हाम्रो भनेर आउनेवाला छैन।’ यो सबै सम्पत्ति नगरपालिकाको स्वामित्वमा हुने जानकारी दिँदै उनले स्थानीय सरकारलाई यस विषयमा प्रष्ट भइदिन आग्रह गरे।

नेपालका गरिब तथा विपन्न वर्गका लागि सरकारले दीगो काम गर्न नसकेको भन्दै लोक तथा दोहोरी गायक मिलन लामाले चिन्ता व्यक्त गरे। ‘नेपाललाई राम्रो बाटोतर्फ लैजाने हो भने बाम एकताले केही हुनेवाला छैन’, उनले भने, ‘त्यसका लागि आम एकता चाहिन्छ।’ शर्माले चेपाङ बालबालिकाप्रति गरेको त्याग र बलिदानलाई सधैं सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे। करिब १५ कठ्ठा क्षेत्रफलमा बनेको चेपाङ केन्द्रमा हाल ११ कोठाको भौतिक संरचना छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.