फस्टाउँदै अपार्टमेन्ट व्यवसाय
अपार्टमेन्टमा फेरि लगानी सुुरु भएको छ। १२ वैशाख २०७२ को भूकम्पले हल्लाएपछि सुस्ताएको हाउजिङ व्यवसायीको लगानी अहिले तातेको छ।
भूकम्पले सहरका अग्ला घरमा बस्नेलाई चुुनौती दियो। तर, अग्ला घर भए पनि बलिया र भूकम्प प्रतिरोधी भएको अवस्थामा डराउनुु पर्दैन भन्ने सन्देश नयाँ अपार्टमेन्टले दिए। बहुुतले घर र धेरै परिवारको एकै स्थानमा हुुने बसोबासप्रति थप विश्वास दिलाउन पनि नयाँ आपर्टमेन्ट अगाडि आउन थालेका हुुन्।
भूकम्प गएको साढे तीन वर्षपछि यो क्षेत्र सकारात्मक गतिमा अघि बढेको छ। भूकम्पपछि थलिएका, बस्नै नमिल्ने, मर्मत गरेर बस्नुुपर्नेसहितको अपार्टमेन्ट सुुधार हुुँदै सबैलाई बस्नमिल्ने बनाइँदै छ। अब, थोरै आपार्टमेन्टले मात्रै सुुधार गर्नुुपर्ने छ भने धेरैजसोले पुरानै लयमा फर्काइसकेको जानकारी सहरी विकास तथा भवन निर्माण विभागले दिएको छ।
विभागमा दर्ता भएको अपार्टमेन्ट मध्ये धेरैले पूर्ण सुुधार गरेका छन्। रातो स्टिकरको सूचीमा परेको अपार्टमेन्टले पनि सुुधारका लागि विभागबाट स्वीकृति लिएका छन् तर काम पूरा भएको विवरण भने केहीको आउनै बाँकी रहेको विभागले जानकारी दिएको छ।
भूकम्पपछि पहिलो व्यावासायिक अपार्टमेन्ट निर्माणको काम सीई कन्स्ट्रक्सनले गरको छ। कन्स्ट्रक्सनका कर्पोरेट बिजनेस हेड सुुजन घिमिरेका अनुुसार महाराजगन्जमा सात तले ५० युुनिटको आपर्टमेन्ट बनिरहेको छ। यो समूहले भर्खरै सुुरु गरेको यो अपार्टमेन्ट अबको एक वर्षभित्रै निर्माण सक्ने गरी तयारी भइरहेको छ।
सीईले प्रिमियर अपार्टमेन्टका नामबाट यसले महाराजगन्जमा निर्माण नै सुुरु गरिसकेको छ। करिब १५ प्रतिशत काम भइसेको यो अपार्टमेन्ट व्यस्त सहरमा हुुने, कर्पोरेट अफिसमा काम गर्ने तथा विहान बेलुुकाको समयलाई पायक पर्ने गरी स्थान पहिचान भएको घिमिरेले बताए।
यो अपार्टमेन्ट सुुरु गर्नुुअघि निर्माण कम्पनीले नै यस क्षेत्रमा परेको प्रभाव, अबको आवश्यकता, सम्भावना र आवश्यकतासहितको विषयमा एक अध्ययन गरेरै गरेको उल्लेख छ। यो कम्पनीले अहिले नै हाउजिङमा मात्रै ५० वटा परियोजना तयार गरेको छ।
पछिल्लो समय नयाँ अपार्टमेन्ट सञ्चालन गर्ने अनुुमति दुुईवटा कम्पनीले मात्रै मागेको सहरी विकास विभागका विभागका प्रवक्ता लीलाराज खतिवडाले बताए। उनका अनुुसार भूकम्पपछि सीई कमिटेड इन्टरप्रेनर्स रियलस्टेट र नन्दन एन्ड नन्दन डेभलपर्सले नयाँ अपार्टमेन्ट बनाउन अनुुमति मागेका छन्। यस मध्ये सीईले अनुुमति पाएर धमाधम काम अगाडि बढाइसकेको जानकारी उनले दिए। नन्दले आवश्यक प्रक्रिया पूरा गर्ने चरणमै रहेको खतिवडाको भनाइ छ।
नन्दनले पुुतली सडकमा निर्माण प्रक्रिया अगाडि बढाएको उक्त अपार्टमेन्टको वातावरणीय प्रभाव मूल्यांकनसहित जग्गाको आवश्यक प्रक्रिया मिलाइरहेको छ। सबै प्रक्रिया पूरा नभएकाले अनुुमति भने नपाएको उल्लेख छ। यो कम्पनीले ६ तले भवनसहित २७ वटा युुनिट बनाउने भएको छ।
विभागमा हालसम्म ७९ वटा अपार्टमेन्ट दर्ता भएका छन्। साढे तीन वर्ष अगाडि भूकम्पले यसमध्ये ५१ वटा अपार्टमेन्टमा क्षति पुुगेको थियो। यसमध्ये अहिलेसम्म जम्मा ३२ वटाले मात्रै बस्न योग्यको स्वीकृति पाएका छन्। बस्नयोग्य (ग्रिन स्टीकर) पाएका भवन सामान्य अवस्थामा रहेका छन्। यस्ता आपर्टमेन्टमा बसोबास भइरहेकै छ। भवन निर्माण विभागले भूकम्पपछि थलिएका र बस्न अयोग्य भएको भन्दै आवश्यक मर्मत गर्न दिर्नेशन दिएका अपार्टमेन्टले पनि मर्मत गर्ने र रेक्ट्रो फिटसहितको काम गरेर विभागबाट स्वीकृति लिइसकेका छन्।
१२ वैशाख २०७२ को भूकम्पले हल्लाएपछि सुस्ताएको हाउजिङ व्यवसायीको लगानी अहिले तातेको छ।
भूकम्पबाट बस्न नमिल्ने गरी क्षति पुुगेका र रातो स्टिकर पाएका दुुई आपर्टमेन्टले पनि ३३ महिनाभित्रै रेक्ट्रोफिटसहितको मर्मत गर्ने गरी अनुुमति लिएका छन्। रातो स्टिकर पाएको पार्क होराइजन भ्युले विभागबाट रेक्ट्रोफिटको डिजाइन स्वीकृत गराएको छ। यसले करिब १० महिना अगाडि डिजाइन स्वीकृत गराएको थियो। ३३ महिनाभित्रै आवश्यक मर्मत गर्ने बताएको छ। यो भवनमा २१३ युुनिटसहित १५ तला रहेको यो आपर्टमेन्टले आवश्यक काम गरिहेको छ।
१२६ युुनिटसहित १० तले भवनमा बनेको कुुलेश्वरको ओरियन्टल कोलोनीले पनि रातो स्टिकर पाएको थियो। यसले भने डिजाइन स्वीकृति गर्ने र भवन मर्मत गर्ने समय तोक्ने काम गरेको छैन।
एकल परिवार र बढ्दो सहरी जीवनका लागि अपार्टमेन्ट उपयुुक्त रोजाइमा पर्ने हाउजिङ व्यवसायी बताउँछन्। अपार्टमेन्ट तथा हाउजिङको बसाइ भनेकै सुुरक्षा, चोरी, डकैतीलगायत अपराधबाट जोगिने माध्यम नै खोजिने गरिन्छ। अपार्टमेन्टको बसाइ व्यक्तिगत जीवनका लागि पनि सुुरक्षित र भरपर्दो आवास मानिन्छ।
‘भूकम्पका कारण विस्थापित बनेका अपाटमेन्टबासीको विकल्प अयन्त्र जान सक्ने अवस्था पनि बनेन। लाखौं खर्च गरेर जोडेको अपार्टमेन्ट र सहज बसाईले पनि यहाँ बस्नेको उपयुुक्त स्थान पनि हो। अपार्टमेन्ट बढ्दो सहरी जीवनका लागि उपयुुक्त पनि छ। अन्तर्राष्ट्रिय स्तरमा पनि आपर्टमेन्टको बसाई परिचित अभ्यास भएको छ’, खतिवडाले भने।
सिभिल होमका प्रवक्ता भीम खरेलका अनुुसार नेपालमा हाउजिङ व्यवसायको भविष्य राम्रो छ। सिभिलले पनि २०५७ बाट हाउजिङ व्यवसाय सुुरुको हो यसले हालसम्म नौ वटा हाउजिङ र दुुईवटा अपार्टमेन्ट बनाइसकेको छ। अब थप बनाउने इच्छा भए पनि जग्गा नपाउने, कित्ताकाट तथा हदबन्दीको समस्या छ। सरकारले सहजीकरण गर्दै जानुुपर्छ।
चाडबाडको समय हाउजिङ व्यवसायको पनि अनुुकूल मौसम मानिन्छ। चाडबाडको बेलामा घर खरिद गर्ने, नयाँ घरमा सर्ने, रकम जम्मा गरेर राखेकाले पनि चाडाबाड अनुुकूल समय नै मिलाउने गरेका हुुन्छन्। चाडबाडको मौसममा घर कारोबार गर्न सामान्यता साइन हेरिरहनुु पर्दैन। त्यसैले दसैंतिहारको समय हाउजिङका लागि पनि उपयुुक्त मानिएको खरेलको बुुझाइ छ।
खरेलका अनुुसार पछिल्लो सयम सरकारले हाउजिङ तथा अपार्टमेन्ट निर्माणमा अझै सहजीकरण गर्नुुपर्छ। डाँडो पाखोमा मात्रै हाउजिङ बनाउन जान सम्भव हुुँदैन। मानिसको बसोबास भनेको सहरी क्षेत्रमै हो। सहज हुुन स्थान पनि हेर्नुुपर्छ। बनेको संरचनामा र बन्ने नयाँ संरचनाका लागि पनि सरकारले बिजुुली तथा खानेपानीसहितको अत्यावश्यक सुुविधामा ध्यान दिनुुपर्छ। सरकारले बिजुुली तथा खानेपानीको लाइन उक्त संरचनासम्म पुु¥याइदिनुुपर्छ। व्यवस्थित बनाउने र वितरणमा सहजीकरण गर्ने काम डेभलपर्स आफैंले गर्ने पनि खरेलको भनाइ छ।
बलियो हुुनुुपर्छ कुुनै समस्या हुुन्न
भवन होस् वा अपार्टमेन्ट बलियो बनाएको अवस्थामा कुुनै समस्या नहुुने सहरी विकास तथा भवन निर्माण विभागको भनाइ छ। सहरी विकास मन्त्रालयले ल्याएको भवन निर्माणको मापदण्ड पालना गरेर बनाइने हरेक भवन तथा आपर्टमेन्ट हाम्रो सहरी पूर्वाधार हुुन्। सरकारले २०६० मा ल्याएको नेपाल राष्ट्रिय भवन संहिता (विल्डिङ कोड)को अनिवार्य पालना गरेर मात्रै घर तथा भवन बनाउनुुपर्ने हुुन्छ। भवन निर्माण विभागको नेपाल भर यही विल्डिङ कोडका आधारमा विभिन्न मापदण्ड तथा स्थानीय तहले आफू अनुुकूल मापदण्ड तयार गर्न सक्ने विभागले जानकारी दिएको छ।
कुुनै पनि स्थानमा घर कति तला बनाउने, कस्तो बनाउने, कत्रो बनाउने र कसरी बनाउने भन्ने सबै विषयको निर्धारण नै भवन संहिताले गर्छ। संहिताको पालना गरेर बनाएको घर नै बलियो र भरपर्दो हुुनै पर्छ। यही संहितालाई आधार बनाएर सहरी विकास मान्त्रालयले ‘वस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२’ ल्याएको छ। महानगर तथा नगरपालिकाले पनि यही मापदण्डलाई आधार बनाएर घर तथा भवन बनाउने गरेको छ।
‘संहिता देशैभरका लागि अनिवार्य व्यवस्था हो यो भवन निर्माण विभागले कार्यान्वयनमा ल्याएको छ। यसमा विभिन्न २३ वटा खण्डगत मापदण्ड छन्। यो मापदण्ड विस्तृतमा भएकाले पनि यसलाई पालना गरेर तयार हुुने हरेक घर तथा भवन बलियो र भरपर्दौ हुुन्छ’, मापदण्डमा उल्लेख छ।