नीति निर्माणमा महिलाको चासो
![नीति निर्माणमा महिलाको चासो](https://annapurnapost.prixacdn.net/media/albums/women_20181010072901_8ZqpHqoVKT.gif)
काठमाडौं : संविधानमा उल्लेख भएअनुसार अधिकार सुनिश्चित गर्न नयाँ नीति निर्माणमा महिलाको भुमिकाबारे काठमाडौंमा एक अन्तरक्रिया सम्पन्न भएको छ ।
संविधानमा उल्लेख भएका महिला अधिकारबारे महिला नै कति जानकार छन् ? कसरी दिगो रुपमा महिला अधिकार सुनिश्चित हुन्छ ? जस्ता विषयमा महिलाहरुले गम्भीर बहस गरे ।सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) को आयोजनामा १४ जिल्लाका झण्डै १ सय महिला जनप्रतिनिधि अन्तरक्रियामा सहभागी थिए ।
विभिन्न रिपोर्टले देखाएका तथ्यांकका आधारमा जनप्रतिनिधिमुलक संस्थामा महिलाको उपस्थिति एसियामै नेपाल अगाडि छ । कार्यक्रममा सहभागी अधिकांश महिला अगुवाले आफ्नो अधिकारबारे आफैँ सचेत भएर नीति निर्माणमा चनाखो बन्नुपर्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)