भारतमा सुरक्षाकर्मीलाई धेरै नहाँस्न निर्देशन
नयाँदिल्ली : भारतका विमानस्थलमा खटिने सुरक्षाकर्मीलाई ड्यूटीको क्रममा धेरै नहाँस्न निर्देशन दिइएको छ । सुरक्षाव्यवस्था फितलो हुनसक्ने र आतंकवादी आक्रमणको खतराको कारण केन्द्रीय औधोगिक सुरक्षा बलले यस्तो निर्देशन दिएको हो ।
संवेदनशील क्षेत्र भएकाले यस्तो स्थानमा रहेका सुरक्षाकर्मी मित्रवत् देखिनु भन्दा सतर्क हुनुपर्ने भन्दै यस्तो निर्देशन दिएको बताइएको छ । भारतीय संचारमाध्यमहरुले उल्लेख गरे अनुसार उड्डयन सुरक्षाकर्मीहरुले अब ड्यूटीको क्रममा धेरै मुस्कुराउन पाउने छैनन् ।
‘अमेरिकामा ९÷११ को घटना हुनुको कारण पनि सुरक्षाकर्मी धेरै मित्रवत् भएको’ कारण देखाउँदै भारतमा यस्तो नीति चालिएको हो । पछिल्लो समय भारत सरकारले आफ्नो सुरक्षा नीति झन बलियो बनाउन खोजेको छ ।