दसैंको बेला वीरगन्ज नाकाबाटै अर्बौँको मदिरा भित्र्याइयो

दसैंको बेला वीरगन्ज नाकाबाटै अर्बौँको मदिरा भित्र्याइयो

वीरगन्ज : चाडपर्व नजिकिँदै गर्दा यहाँ मदिरा र शक्तिवर्धक जूस (ईनर्जी ड्रिङक्स) अत्याधिक मात्रामा खपत हुन थालेको केही तथ्यांकले देखाएको छ । केही महिनायता नै तेस्रो मुलुकमा उत्पादित मदिरा तथा शक्तिवर्धक जूसको आयात समेत बढेको छ ।

यसपाली पनि दशैँ तिहारलाई नै लक्षित गरी झण्डै तीन महिनाको अवधिमा वीरगन्ज नाकाबाट मात्रै करिब दुई अर्ब रुपैयाँ मुल्य बराबरको मदिरा र इनर्जी ड्रिङ्क्स तेश्रो मुलुकबाट नेपाल भित्रिएको छ ।

चालु आर्थिक वर्ष २०७५÷०७६ को साउन १ देखि असोज १५ सम्ममा वीरगन्जका दुई नाका वीरगन्ज भन्सार र सिर्सिया सुख्खा बन्दरगाह दुबैमा दुई अर्ब ६० लाख ७८ हजार नौ सय ३३ रुपैयाँ मुल्यको एक करोड ६ लाख २६ हजार चार सय ८७ लिटर मदिरा र ईनर्जी ड्रिङ्क्स आयात भयो । गत आर्थिक वर्ष २०७४÷०७५ को यही अवधिमा भने एक अर्ब १६ करोड ५८ लाख ९५ हजार चार सय ५५ रुपैयाँको ८६ लाख ८८ हजार दुई सय ४५ लिटर मात्र मदिरा र इनर्जी ड्रिङ्क्स वीरगन्ज नाका हुँदै आयात भएको थियो ।

तुलनात्मक रुपमा गत आर्थिक वर्षको साउन देखि असोज १५ सम्म साँढे दुई महिनाको अवधिको भन्दा चालु आर्थिक वर्षको त्यही अवधिमा ८४ करोड एक लाख ८३ हजार चार सय ७८ रुपैया बढी मुल्यको मदिरा र ईनर्जी ड्रिङ्क्स वीरगन्ज नाका हुँदै नेपाल भित्रिएको हो ।

चालु आर्थिक वर्षको साउनदेखि असोज १५ सम्ममा वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाह नाकाबाट मात्रै एक अर्ब २० करोड ७२ लाख रुपैयाँको ७५ लाख ९२ हजार सात सय ३३ लिटर मदिरा र ईनर्जी ड्रिङ्क्स आयात भएको छ ।

वीरगन्ज भन्सार नाँका भएर भित्रिने मदिरा तथा ईनर्जी ड्रिङ्क्सको मात्रा भने ७९ करोड ८८ लाख नौ हजार रुपैयाँको ३० लाख ३३ हजार सात सय १४ लिटर छ । सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सुर्य सेढाईँका अनुसार साँढे दुई महिनाको अवधिमा सुख्खा बन्दरगाहा नाका हुँदै सबै भन्दा बढी एक अर्ब १२ करोड दुई लाख ९४ हजार रुपैयाँको ७३ लाख ८८ हजार चार सय ४३ लिटर इनर्जी ड्रिङ्क्स आयात भएको छ ।

सोही अवधिमा सुख्खा बन्दरगाहा नाकाबाट भने सात करोड ३७ लाख ७० हजार ५६ रुपैया मुल्य बराबरको एक लाख ६७ हजार दुई सय तीन लिटर वाइन, ७७ लाख ९६ हजार ९० रुपैयाँको सात हजार सात सय आठ लिटर ह्विस्की, रम, भोड्का र जीन तथा ५४ लाख नौ हजार पाँच सय ९३ रुपैयाँको २९ हजार चार सय १९ लिटर बियर नेपाल भित्रिएको छ ।

वीरगन्ज नाका हुँदै नेपाल भित्रने सबै मदिरा र इनर्जी ड्रिङक्स, तेश्रो मुलुकबाट मात्रै आयात हुने गरेको सेढाईँले बताए । ईनर्जी ड्रिङ्क्स थाइल्याण्ड र भियतनामबाट, वाइन स्पेन र अष्ट्रोलियाबाट, बीयर स्पेन, ब्राजील, बेलायत, थाइल्याण्ड र स्कटल्याण्डबाट तथा ह्वीस्की, भोड्का, रम र जीन भने अष्ट्रेलिया, अमेरीका, बेलायत, जर्मनी, स्कटल्याण्ड र चीनबाट आयात हुने गरेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.