नेताको झगडाले कांग्रेसको बैठक फेरि अनिश्चित !
![नेताको झगडाले कांग्रेसको बैठक फेरि अनिश्चित !](https://annapurnapost.prixacdn.net/media/albums/nepali-congress-centre-office_20181005024144_nnHFcMMcTG.jpg)
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक फेरि अनिश्चित बनेको छ। बिहीबारका लागि बोलाइएको बैठक बुधबार विज्ञप्ति सार्वजनिक गर्दै अनिश्चितकालका लागि स्थगित भएको हो।
यसअघि गत शुक्रबार बस्ने भनिएको कांग्रेस बैठक सोमबारका लागि सरेको थियो। यद्यपी नेताबीचको कुराकानीपछि बैठक आइतबार नै भएको थियो। आइतबारको बैठकमा नेताबीच विवाद हुँदा बिहीबारका लागि बोलाइएको थियो।
यसअघि भदौ २८ गते बस्ने भनिएको बैठक पनि नेताबीचको विवादले बिना सूचना अनिश्चितकालका लागि स्थगित भएको थियो। कांग्रेस मुख्य सचिव कृष्णपसाद पौडेलले बुधबार अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि बैठक स्थगित भएको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)