१ लाख बराबरका अखाद्य वस्तु भेटिएपछि नष्ट

१ लाख बराबरका अखाद्य वस्तु भेटिएपछि नष्ट

कालिकोट : सदरमुकाम मान्म बजारमा जिल्ला प्रशासन कार्यालयको टोलीले गरेको अनुगमनको क्रममा १ लाख रुपैयाँ बराबरको अखाद्य वस्तु भेटिएपछि तिनलाई नष्ट गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कालिकोट, घरेलु तथा साना उद्योग विकास समिति, कालिकोट उद्योग वाणिज्य संघ र उपभोक्ता महासंघ कालिकोटले गरेको संयुक्त अनुगमनमा फोला परेका अखाद्य वस्तु नष्ट गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालको नेतृत्वमा गएको संयुक्त अनुगमन टोलीले बुधबार स्थानीय होटेल, खाद्य पसल लगायतमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा अनुगमन टोलीले म्याद नाघेका बीयर, जूस लगायत अन्य खाद्य वस्तु पनि भेटेपछि नष्ट गरी पसलेलाई त्यस्ता सामान नबेच्न सचेत गराएको थियो । व्यापारीहरुले भने स्थानीय सहर सुर्खेतबाट ल्याएका सामान नै म्याद नाघेकोले आफूले लैजाने सामान पनि म्याद नाघेको हुने बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.