सहकारीलाई पारदर्शी हुन मन्त्रीको निर्देशन

सहकारीलाई पारदर्शी हुन मन्त्रीको निर्देशन

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीलाई पारदर्शी हुन निर्देशन दिएकी छन् ।

काठमाडौं बचत तथा ऋण संघ (कास्कुन)को १६ औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री अर्यालले सहकारी पारदर्शी हुन नसक्दा सहकारीमा विकृति आएको बताइन् । सहकारीमा पारदर्शीको अभाव रहेको भन्दै सहकारी व्यवस्थित गरिने उनले बताइन् ।

मन्त्री अर्यालले सहकारी पारदर्शी हुन नसक्दा सहकारीकर्मीले दुःख र अपजस पाइरहेको भन्दै सहकारी व्यवस्थानका लागि मन्त्रालयले योजनाबद्व ढंगले काम गरेको पनि जानकारी दिइन् ।

सहकारीमा प्रविधिको प्रयोगसँगै सहकारीका विकृति अन्त्य हुने उनको भनाई थियो । ‘सहकारीको क्षमता विकास, सक्षम र पारदर्शी बनाउन सफ्टवेयरको विकास गरेका छौं’ उनले भनिन्, ‘सफ्टवेयरमार्फत सबै सहकारी पारदर्शी हुने छन् ।’

सहकारीको स्थापना हुनु मात्र ठूलो कुरा नभई औचित्य पुष्टि गर्न सक्नु ठूलो कुरा भएको उनको भनाई थियो । देशभर ३४ हजार भन्दा बढी सहकारी स्थापना भएको भन्दै मन्त्री अर्यालले अब मर्ज गर्ने बेला आएको बताइन् । ‘हामीले चाहेअनुासर संस्था चलाउन मर्जको अभियान थाल्नुको विकल्प छैन’ उनले भनिन् ।

उनले भनिन्, ‘सहकारीलाई उत्पादनमा सामेल गराएर अर्थतन्त्र चलायमान गराउने योजना ल्याएका छौँ ।’ कुल ग्राहस्थ उत्पानमा सहकारीको योगदान ४ दशमलव ५ लाई बढाएर १० प्रतिशत पु¥याउने लक्ष्यका साथ उत्पादनमैत्री नीतिगत व्यवस्था गर्न लागिएको उनले बताइन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले सहकारीका समस्या समाधान गर्न सहकार्य गर्ने बताए । ऐन कार्यान्वयन चरणमा रहेकाले सहकारीलाई समस्या पर्ने अन्य व्यवस्था पनि सहकारीमैत्री बनाउन आवश्यक भएको उनको भनाई थियो ।

स्थापना दिवसको अवसरमा कास्कुनले विभिन्न विधामा पुरस्कार प्रदान गरेको छ । महिलाहरुले सञ्चालन गरेको उत्कृष्ट साकोसमा सञ्जन महिला साकोस र उत्कृष्ट साकोसमा हाम्रो दहचोक साकोस सम्मानित भएका छन् ।

यस्तै पूर्व सञ्चालकमा कुशश्री न्यौपाने, उत्कृट कर्मचारीमा सम्झना घिमिरेलाई पुरस्कृत गरेको छ । कास्कुनले सहकारी वर्ष व्यक्तिको रुपमा अन्तराष्ट्रिय सहकारी महासंघका ग्लोबल सदस्य ओमदेवी मल्ललाई सम्मान गर्ने घोषणा गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.