प्रहरीलाई व्यवसायीक बनाउनुपर्छ : मुख्यमन्त्री गुरुङ

प्रहरीलाई व्यवसायीक बनाउनुपर्छ : मुख्यमन्त्री गुरुङ

दमौली : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरीमा राजनीतिकरण भएका कारण यसले राम्रो काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

‘प्रहरीमा पार्टीकरण भएकाले यसले साचेजस्तो काम गर्न सकेको छैन,’ प्रहरीमाथि विभिन्न बलात्कारका घटनामा प्रभावकारी अनुसन्धान गर्न नसेकेको आरोपप्रति लक्षित गर्दै उनले, ‘अब राजनीति हटाएर व्यवसायिक बनाउन जरुरी छ ।’

विगतमा भएका आन्दोलनमा कर्मचारीसमेत संलग्न हुने गरेको भन्दै यसरी हुने राजनीतिकरणले गर्दा सरकारी कर्मचारीमा काम गर्ने भावना विकास नभएको गुरुङले बताए । यसबाहेक मुख्यमन्त्री गुरुङले स्थानीय सरकारले उठाएको करको पक्षमा आफू रहेको भन्दै सामाजिक सुरक्षा पनि प्रत्याभुति गराउनुपर्ने बताए ।

‘स्थानीय सरकारले उठाएको कर सही छ,’ उनले भने, ‘तर कर उठाउनुको, बढाउनुको कारण र औचित्य पनि नागरिकलाई बताउनुप¥यो ।’ सबैभन्दा बढी कर उठाउने मूलुक पनि विश्वमै राम्रो सामाजिक सुरक्षा भएको मूलुकका उदाहरण देखाउँदै नेपालमा पनि कर उठाए सँगै सामाजिक सुरक्षा प्रत्याभुति गराउनुपर्ने बताए । महिला तथा किशोरीविरुद्धको हिंसा रोक्नका लागि भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले थालेको ‘सँगै हिंडौँ’ अभियानको उद्घाटनको क्रममा उनले यस्तो बताएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.