अमेरिकन पेस्तोलसहित एकजना पक्राउ

अमेरिकन पेस्तोलसहित एकजना पक्राउ

वीरगन्ज : पर्साको पटेर्वासुगौली गाउँपालिका–४ फरहदवा गाउँबाट प्रहरीले अमेरिकामा बनेको स्वचालित पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । 

प्रहरीले बुधबार पटेर्वासुगौली गाउँपालिका–१ घर भएका २५ वर्षीय मनोज पासवानलाई पक्राउ गरेको हो ।

विशेष सुराकीको आधारमा सादा पोशाकमा खटिएका प्रहरीले फरहदवा गाउँमा रहेको भलुवही खोलाको बगर नजिकैबाट पासवानलाई स्वचालित पेस्तोल र त्यसमा लाग्ने म्याग्जिनसहित पक्राउ गरेको हो ।

 
सुगौली गाउँबाट निचुटातर्फ पैदल जादै गरेका पासवानलाई प्रहरीले भलुवाही खोलाको बगरमा रोकेर उनको शरीर खानतलाशी गर्दा उनको साथबाट मेड इन युएसए लेखिएको स्वचालित पेस्तोल र त्यसमा लाग्ने एउटा खाली म्याग्जिन बरामद भएको पर्साका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

पेस्तोल र म्याग्जिनसहित पक्राउ परेका पासवानलाई  जिल्ला प्रहरी कार्यालयको हिरासतमाा राखेर अनुसन्धान अगाडि बढाइएको छ  ।उनीविरुद्ध हातहतियार तथा खर खजाना मुद्दा चलाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.