‘प्रदेशको राजधानीबारे अहिले बोल्न मिल्दैन’

‘प्रदेशको राजधानीबारे अहिले बोल्न मिल्दैन’

 हेटौँडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको स्थायी राजधानी कहाँ राख्ने भन्ने विषयमा प्रदेशसभामा छलफल भइरहेकाले यसबारे आफूले अहिले केही बोल्न नमिल्ने बताएका छन्। 

टिस्टुङ महोत्सवको बुधबार नगरपालिकाका बज्रबाराहीमा उद्घाटन गर्दै उहाँले यस क्षेत्रको विकासका लागि प्रदेश सरकार संवेदनशील रहेको बताए। मुख्यमन्त्री पौडेलले कुन्छाल, कुलेखानी, थानकोट चित्लाङ सडकको स्तरोन्नति एक वर्षभित्र पूरा गरिसक्ने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रत्यायोजन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले प्रदेशको राजधानी हेटौँडा नहुने भए थाहा नगरलाई विकल्पका रुपमा अगाडि सार्न सकिने बताए।

प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले विकासको नाममा पुराना कुरा मास्दै गइरहेकाले यस्ता कुरा जोगाउन पनि महोत्सवको अह्म भूमिका रहने उल्लेख गर्दै दु्रतमार्गलाई कुलेखानीमा जोड्ने सरकारको लक्ष्य रहेको धारणा व्यक्त गरे।

थाहा नगरपालिकाका प्रमुख लबसेर विष्टले महोत्सवले आफ्नै मौलिकतालाई ध्यान दिनुपर्नेमा जोड दिए। टिस्टुङ महोत्सव मूल आयोजक समितिका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो। 

चार दिनसम्म चल्ने महोत्सवमा टिस्टुङलाई चिनाउने र प्रबन्धक गर्ने कक्षसहित १६० वटा कक्ष रहेका छन्। स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने महोत्सवमा ५० हजारले अवलोकन गर्ने लक्ष्य आयोजकको छ। रासस 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.