निजामतीको तलब अन्योलमा

निजामतीको तलब अन्योलमा

चरिकोट : दोलखाका साविक सरकारी कार्यालयका दुई सय ५० निजामती कर्मचारीले दसैंमा पनि तलब नपाउने भएका छन् । सरकारको निर्णय बमोजिम खारेजीमा परेका र सेवा प्रदान नगरेका (फाजिल) जिल्लास्तरीय सरकारी कार्यालय तथा प्रदेश सरकार मातहतका कार्यालयहरू तथा स्थानीय तहमा कार्यरत दुई सय ५० निजामती कर्मचारीले दसैंको मुखमा समेत तलब भत्ता भुक्तानी पाएका छैनन् ।

तलब कहाँबाट भुक्तानी हुने भन्ने स्पष्ट नभएका कारण उनीहरूको तलब तथा दसैं भत्ता भुक्तानी हुन नसकेको हो । मंगलबारसम्म दुई सय ५० भन्दा बढी निजामती कर्मचारीको तलब भत्ता कहाँबाट र कसरी भुक्तानी गर्ने अन्योल रहेको जिल्ला समन्वय अधिकारी तुलसीनाथ गौतमले जानकारी दिए ।

 कार्यरत कर्मचारी तथा स्थानीय तहमा अस्थायी समायोजन भई खटिएका कर्मचारीले साउनदेखि तलब भुक्तानी नपाएका हुन् । चार महिनादेखि तलब नपाउने कर्मचारीमा कार्यालय सहयोगीदेखि उपसचिवसम्म छन् । जिल्लाका करिब एक दर्जन कार्यालयको समायोजन, खारेजी तथा नाम परिवर्तन भएको थियो ।

करिब ६० जना कर्मचारी कार्यरत साविकको जिल्ला वन कार्यालय प्रदेश मातहतको डिभिजन वन कार्यालयमा परिणत भएपछि साविकको वन कार्यालयको खाता रोक्का भएको तथा डिभिजनको नाममा खाता सञ्चालन नभएका कारण साउन महिनादेखि कर्मचारीले तलब भत्ता पाउन नसकेको डिभिजन वन कार्यालयका कर्मचारी बताउँछन् । ‘चार महिना भइसक्यो नयाँ ठाउँ कसरी हामी बाँचेका छौं ? दशैंको मुखमा अरूले तलब खाएको हेरेर बसेका छौं ।

घर जाने भाडासमेत छैन’, वन कार्यालयका एक कर्मचारीले आक्रोस पोखे, ‘यसरी कति दिन कर्मचारीले काम गर्न सक्छन् ? बिनातलब, कुन मुख लिएर घर जाने ? ’ साविकका डिभिजन सहकारी, भेटनरी, महिला विकास, सिँचाइ, खानेपानी लगायतका कार्यालयमा कार्यरत कर्मचारीको अवस्था पनि उस्तै छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.