कलंकी- नागढुंगा खण्डमा आज बिहान १० देखि ५ बजेसम्म बत्ती जाने

कलंकी- नागढुंगा खण्डमा आज बिहान १० देखि ५ बजेसम्म बत्ती जाने

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारमा सहयोग गर्ने लक्ष्यसाथ बिहीबार कलङ्की-नागढुंगा सडकखण्डमा दिनभर नै बत्ती काट्ने भएको छ। 

प्राधिकरणले सूचनामार्फत सो क्षेत्रमा बिहान १० देखि साँझ ५ बजेसम्म विद्युत् कटौती हुने बताएको हो। प्राधिकरणका अनुसार ढुङ्गेअड्डादेखि तीनथाना बसपार्कसम्म प्रसारण लाइन सार्नुपर्ने तथा व्यवस्थापन गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको जनाएको छ।

स्युचाटार सबस्टेसनबाट सञ्चालित बलम्बु फिडरबाट आपूर्ति हुने क्षेत्रमा विद्युत् काटिनेछ। प्राधिकरणका अनुसार तीनथाना, नैकाप, सतुङ्गललगायत क्षेत्र प्रभावित हुनेछन्।

सडक निर्माण गर्ने ठेकेदारलाई अविलम्ब कार्य सम्पन्न गर्ने दबाब बढेपछि पछिल्लो समयमा सडक विस्तारका काम भइरहेकाले प्राधिकरणले विद्युत् प्रवाह कटौती गरेको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.