साँच्चै अभूतपूर्व परिकल्पना

साँच्चै अभूतपूर्व परिकल्पना

काठमाडौं : टेक्नोलोजी र कम्युनिकेसनको जमाना छ। सेलफोन, कम्युटर अनि इन्टरनेट हाम्रो आवश्यकता र बाध्यता दुवै बनेको छ। टेक्नोलोजीले घेरिएको हाम्रो दिनचर्यामा हामीले लगाउने लुगा पनि त्यस्तै स्वरूप बन्नेछन् भन्ने कल्पना गर्न सक्छौं ? सायद सक्छौं। यस्तै भविष्यको परिकल्पना गरेका छन्, नमुना कलेज अफ फेसन टेक्नोलोजीमा अध्ययनरत विद्यार्थीले।

उनीहरूले रोबोटिकदेखि ग्यालेक्सी, एलियन, म्युजिक, अनलाइन गेम, फोनिक्स बर्डको जस्तै इलेक्ट्रोनिक ड्रेसमा भविष्यको मानिसको परिकल्पना गरेका छन्।

सामान्य कल्पनाभन्दा निकै नै भिन्न संसारको जस्तो लाग्ने ती डिजाइन हाम्रो परिवर्तित र विकसित सभ्यता वास्तवमै कहाँसम्म पुग्न सक्छ भन्ने परिकल्पनामा आधारित छ।

हामी समयसँगै हिँड्न चाहन्छौं। कहिलेकाहीँ समयभन्दा पनि अघि। भविष्य कस्तो हुनेछ भन्ने परिकल्पनाले हामीलाई समयभन्दा अगाडि पुर्‍याइरहेको हुन्छ। र, यी ड्रे्सले त्यही समयभन्दा अगाडिको परिकल्पना गरेको छ।

आइतबार साँझ होटल सोल्टी क्राउन प्लाजामा आयोजित फेसन सो नमुना कलेजका १४औं ब्याचका विद्यार्थीले गरेका हुन्। अभुतपूर्व परिकल्पना, जर्नी अफ फेसन एक्सआईभी नाम दिइएको उक्त सोमा ८४ विद्यार्थीको सहभागिता थियो।

६ सिक्वेन्समा विभाजित फेसन सोमा ५२ आकर्षक पहिरनमा मोडलहरू उतारिएका थिए। फरकफरक सिक्वेन्समा कल्चरल डाइभर्सिटी इथ्निक ग्रुपतर्फ नेवारी, शेर्पा, थारू, सुनुवार, धिमाल, थकाली र राजवंशी समुदायले लगाउने पहिरन प्रदर्शन गरिएको थियो। साथै नेचुरल्ली रिच चेन्ज इन सिजनमा नेपालमा पाइने जुट, अल्लो, हेम्प, ब्याम्बो प्रयोग गरेर लुगा तयार पारिएको थियो।

यसका साथै ड्राम्याटिक ग्ल्याम फेमिनिजम लुक, फेन्टासी आइजिन्स् फाटुज पप आर्ट सिक्वेन्स पनि थियो। कार्यक्रममा पास्टल : लिली अफ दी भ्याली सेडस् अफ कलर र क्रिएटिभ वेर परिकल्पना गरिएको थियो। कार्यक्रमको अन्त्यमा प्रस्तुत २१ क्रिएटिभ डिजाइनर ड्रेस सबैभन्दा आकर्षक थिए। 

प्रत्येक एक परिकल्पना तयार पार्न चार विद्यार्थी (डिजाइनर)को समूह बनाइएको थियो। समूहले तयार पारेका पहिरन र त्यसमा प्रयोग भएका मेटेरियलका कारण ती पहिरन साँच्चै अभुतपूर्व देखिए। कार्यक्रम रोचक बनाउन आगन्तुकमध्ये केहीलाई टिकेट नम्बरअनुसार उपहार वितरण गरिएको थियो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.