प्रहरी ऐन फेर्नुपर्छ : सभामुख महरा

प्रहरी ऐन फेर्नुपर्छ : सभामुख महरा

दाङ : सभामुख कृष्णबहादुर महराले नेपाल प्रहरीको प्रहरी ऐन '२०१२' फेरिनु पर्ने बताएका छन्। उनले देशमा धेरै परिवर्तन भएको र राज्यनै पुर्नसंरचनामा गइसकेको अवस्थाममा पनि पुरानै ऐनले प्रहरी संगठन सञ्चालन भएको भन्दै फेरिनु पर्ने बताए।

उनले प्रहरी ऐनलाई परिमार्जन गरेर लैजानु पर्ने अवस्था आएको बताए। सरकारलाई ऐन परिवर्तनका लागि पहल गर्न माग गर्दै उनले संसदमा आए परिमार्जनलाई पूर्णता दिलाउने बताए। 

६३ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय प्रदेश- ५ ले दाङको तुलसीपुरमा गरेको विशेष समारोहलाई सम्बोधन गर्दै सभामुख महराले त्यस्तो बताएका हुन्। 'वर्तमान अवस्थामा रहेको प्रहरी कानुन परिमार्जन हुनुपर्छ', उनले भने, 'संसदमा यो प्रस्ताव आए निष्कर्षमा पुर्‍याउन पहल गर्छु।'

उनले नेपालको कानुनको कार्यान्वयन गर्दे जनतामाझ कानुनबारे जानकारी दिने निकाय भनेको प्रहरी नै भएको भन्दै प्रहरीको  भूमिका गौरबमय भएको बताए। अन्य निकायले एउटा मात्रै काम गर्छन् कि कानुन बनाउँछन् कित जानकारी मात्रै दिन्छन् उनले भने, 'तर, प्रहरीले कानुन पालनाका लागि दुईवटै काम गरिरहेको छ।'

महराले प्रहरीले स्थापना गरेको गौरपूर्ण इतिहास जोगाई राख्नुपर्ने बताए। यसमा चुनौती धेरै भएको भए पनि देश स्वर्णिम समयमा पुगेकाले अवसरको रुपमा लैजानु पर्ने बताए। इतिहासलाई सकारात्मक रुपमा लिँदै परिवर्तनका लागि आहुति दिने सबैलाई सहिद घोषणा गरिनुपर्ने बताए।

कार्यक्रममा प्रदेश- ५का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेश प्रहरी ऐन निर्माणको चरणमा प्रदेश सरकार रहेको बताए। उनले ऐनको बारेमा अब छलफल सुरु हुने उल्लेख गरे । उनले प्रदेश प्रहरीलाई आधुनिकीकरण गर्ने गरी ऐन आउन लागेको जानकारी समेत दिए। 

उनले अमर प्रहरीको परिवारको व्यवस्थापनका लागि यस वर्ष प्रदेशले बजेटको व्यवस्थापन गरेको र त्यसबाट परिवार र द्वन्द्वबाट प्रभावित परिवारलाई जीवन यापनमा सहज हुने बताए।

केसीले प्रदेश- ५ सुरक्षाको दृष्टिकोणले सम्वेदनशील प्रदेश रहेको भन्दै विशेष सुरक्षा नीति अबलम्बन गरिएको बताए। उनले सबै भन्दा लामो अन्तराष्ट्रिय सीमाना जोडिएको प्रदेश- ५ रहेको बताए। उनले प्रदेशमा प्रहरी अस्पताल स्थापनाको तयारी भइरहेको भन्दै आधुनिक तालिम केन्द्रको समेत निर्माण हुने जानकारी दिए।

कार्यक्रममा बोल्ने अमर प्रहरीका परिवारले अमर प्रहरीलाई सहिद घोषण गरेर परिवारलाई रोजगार र स्वास्थ्य शिक्षाको व्यवस्था हुनुपर्ने माग गरेका थिए। हरेक वर्ष असोज ३१ गते प्रहरी दिवस मनाइने भएको भए पनि यस वर्ष एक साता अघि दिवस मनाइएको प्रदेश- ५ का प्रहरी प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए।सो अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.