अमेरिकामा नेपालीले बनाएको जहाजमा उडे महावीर पुन

अमेरिकामा नेपालीले बनाएको जहाजमा उडे महावीर पुन

काठमाडौँ : आविष्कार केन्द्र स्थपना अभियानमा जुटिरहेका समाजसेवी महावीर पुन गत अक्टोबर १ मा अमेरिका पुगे । भोलिपल्टै उनलाई त्यहाँका एक नेपाली युवाले आफैँले निर्माण गरेको जहाजमा पहिलो पटक उड्ने निम्तो गरे ।

नेपालीमूलका ती युवाको नाम थियो प्रमोद रेग्मी । जसले अमेरिकामै एउटा हवाईजहाज बनाए । र, परिक्षण उडानमै महावीर पुनलाई चढ्न निम्ता दिए । नेपाली युवाले बनाएको जहाजमा पहिलो पटक चढेर फर्किएका महावीरले नेपाल फर्किएपछि अन्नपूर्ण पोस्ट्का रमन पौडेलसँग अनुभव यसरी बाँडे :

एक अन्तरक्रियात्मक कार्यक्रमका लागि म अमेरिका गएको थिएँ । मेरो उद्देश्य एउटा कार्यक्रममा सहभागी हुनु र केही मित्रलाई भेट्नु पनि थियो । म त्यहाँ पुगेको थाहा पाएर एक नेपालीमूलका युवा प्रमोद रेग्मीले आफूकहाँ आउन आग्रह गरे । खासमा रेग्मीले जहाज बनाएका रहेछन् । उनी आफूले निर्माण गरेको जहाजमा पहिलो पटक मलाई चढाउन चाहन्थे ।

अमेरिका पुगेको भोलिपल्टै प्रमोदले बनाएको जहाज चढ्ने अवसर पाएँ । अमेरिकास्थित फिनिक्स सहरको आकाशमा ४५ मिनेटको त्यो उडान साँच्चिकै रोमाञ्चक थियो । नेपालीमूलका युवाले बनाएको त्यस जहाजमा यात्रा गरुन्जेल मैले आफ्नै देशमा निर्माण भएका यस्तै जहाज चढ्न पाए झन कति आनन्द आउँथ्यो होला भन्ने कल्पना गरेरे रोमाञ्चित भएँ । 

खासमा अमेरिकी सरकारले नै जहाज निर्माण गर्न चाहने कम्पनी र नागरिकलाई पनि सहज वातावरण बनाइदिँदो रहेछ । अमेरिकाको सरकारी नीति नै यस्ता आविष्कार गर्न चाहने नागरिकको रुचीलाई सहजीकरण गर्ने किसिमका छन् ।

अमेरिकी सरकारको यही नीतिकै कारण जहाज बनाउन चाहिने हरेक सामान बजारमै उपलब्ध हुन्छन् । र, ती सामान सजिलै किन्न पाइन्छ । पार्टपुर्जा नै बजारमा किन्न पाइने भएपछि रुची भएका नागरिकले जहाज बनाउन सक्छन् । यति सम्मकि नागरिकले घरमै पनि एयरपोर्ट बनाउन सक्ने छुट कानुनले नै दिएको छ । अमेरिकाको संघीय प्राधिकरणले नागरिकलाई यस्तो काम गर्न सहजीकरण गरिरहेको हुन्छ ।

इलेक्ट्रोनिक इन्जिनियर प्रमोद पनि अमेरिकामै बसोबास गरेका कारण सहजरुपमा जहाज बनाएर उडाउन सफल भए । नेपालमा भए त यो काम ज्यादै जटिल हुने थियो । यसको कारण भनेको नेपाल सरकारले नै यस्ता आविष्कारलाई कानुनी झन्झट थुपारिदिएको छ । जहाज निर्माण गर्ने सीप हुँदा हुँदै पनि नेपाली युवाले नेपालमै सहजै जहाज बनाउन सक्ने वातावरण नै छैन ।

केही वर्षअघि पुल्चोक ईन्जिनियरिङ क्याम्पसका विद्यार्थीले डाँफे जहाज बनाएका थिए । तर परिक्षण उडानपछि उनीहरुले अर्को उडान गर्नै पाएनन् ।सरकारले सहजीकरण गरिदिने हो भने नेपालका विद्यार्थीले पनि नेपालमै जहाज बनाउन सक्छन् । जहाज निर्माणबारेको पाठ्यक्रम नै बनाइएको छ । त्यहीकारण नेपालीहरुले सीप विकास गर्न पाएका छन् । तर सरकारको कानुनी अड्चन नेपाली युवा र वैज्ञानिकका लागि बाधक बन्ने गरेको छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.