४४ विपन्न परिवारलाई राहत
![४४ विपन्न परिवारलाई राहत](https://annapurnapost.prixacdn.net/media/albums/rahatnuwakot_20181011124649_lSwwT1SrUV.gif)
नुवाकोट : नुवाकोटको दुर्गम घ्याङफेदीका ४४ विपन्न परिवारलाई राहत वितरण गरिएको छ । ४४ वटै परिवार चेताङमा पहिरो गएपछि विस्थापित भएका हुन् ।
बुद्धिष्ट तामाङ सुधार समिति र नेपाल तामाङ समाज जापानले ती परिवारलाई एक÷एक सिलिन्डर ग्यास र चामल सहयोग गरेका हुन् । दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदी चेताङ गाउँमा गत महिना गएको पहिरोबाट विस्थापित भएका हुन् ।
पहिरोपछि बासस्थान अन्योल भएपछि घ्यावर चउरमा बस्दै आएका पीडितलाई दसैँ तिहारलाई लक्षित गर्दै राहत वितरण गरेको बताइएको छ । स्थानीय रुक्मिणी माध्यमिक विद्यालयले पनि उनीहरुलाई आर्थिक सहायता गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)