विभागीय टोलीको दबदबा कायमै

विभागीय टोलीको दबदबा कायमै

बागलुङ : बाइसौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तीन विभागीय टोलीले दबदबा कायमै राखेका छन्। बिहीबार सेमिफाइनल समीकरण पूरा हुँदा सशस्त्र प्रहरीको एपीएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस र प्रदेश ५ सेमिफाइनलमा प्रवेश गरेको छ।

बागलुङ जिल्लाको गल्कोट नगरपालिकामा बिहीबार भएका समूह चरणका अन्तिम खेलमा विभागीय टोली एपीएफले समूह ‘ए’बाट र नेपाल पुलिसले समूह ‘बी’बाट शतप्रतिशत जित निकाल्दै समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरे। त्रिभुवन आर्मी समूह ‘ए’ को उपविजेता र प्रदेश नम्बर ५ समूह ‘बी’को उपविजेता भन्दै सेमिफाइनलमा प्रवेश गरे।

शुक्रबार फाइनल प्रवेशका लागि एपीएफले प्रदेश ५ को सामना गर्नेछ भने पुलिसले आर्मीको सामना गर्नेछ।

बिहीबार समूह चरणका ६ खेल भएकोमा पहिलो खेलमा त्रिभुवन आर्मीले प्रदेश नम्बर ७ लाई ३–० को सेटमा पराजित गर्‍यो। एकपक्षीय खेलमा २५–६, २५–११, २५–८ को सेटमा पराजित गर्‍यो। अर्को खेलमा पुलिसले प्रदेश ३ लाई २५–११, २५–७, २५–१३ को सेटमा पराजित गर्दा आर्मीले कर्णाली प्रदेशलाई २५–६, २५–२, २५–८ ले पाखा लगायो। यस्तै गण्डकीले प्रदेश ७ लाई २५–१६, २५–१५, २५–१६ र पुलिसले प्रदेश २ लाई २५–९, २५–७, २५–१० ले पराजित गर्‍यो।

यस्तै समूह चरणको अन्तिम खेलमा एपीएफले गण्डकी प्रदेशलाई २५–२०, २५–१३, २५–१६ ले पराजित गर्‍यो।

नेपाल भलिबल संघको आयोजना, जिल्ला भलिबल संघ बागलुङको स्थानीय व्यवस्थापन र गल्कोट नगरपालिकाको सहयोगमा जारी प्रतियोगिताबाट राष्ट्रिय टोलीका १८ र ६ वैकल्पिक गरी २४ खेलाडी छनोट गरिने नेपाल भलिबल संघका उपाध्यक्ष याम गुरुङले जानकारी दिए। प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० र तेस्रो हुने टोलीले २० हजार नगद पाउनेछन्। यसैगरी सर्वोत्कृष्ट खेलाडीले १० हजार र विधागत रूपमा उत्कृष्ट हुनेले जनही पाँच हजार पुरस्कार पाउनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.