दसैं खर्च जुटाउन जडीबुटी खोज्दै

दसैं खर्च जुटाउन जडीबुटी खोज्दै

जाजरकोट : जिल्लाका अधिकांश स्थानीय जडीबुटी खोजेर दसैं खर्च जुटाउन पाटन गएका छन्। बारेकोट गाउँपालिकाका पाटनमा स्थानीय भाषामा खिराङ्लो भनिने सेतोचिनी अर्थात् कुकुरडाइनो खोज्न उनीहरू पाटन गएका हुन्।

१५ हजारभन्दा बढी मानिस जडीबुटी खोज्न पाटन पुग्ने गरेको बारेकोट गाउँपालिकाले जनाएको छ। बारेकोटका वडा नम्बर ३, ४, ६ र ७ का बारे, साइकुवारी, देउराली, कोटे, कालीमुरी, चाखुरे, कराइचुलीलगायत पाटनमा सेतोचिनी खोज्नेको भीड नै लाग्ने गर्छ। यी पाटन जुम्ला र डोल्पाका सिमानानजिक पर्छन्। पाटनमा बारेकोट, कुशे तथा जुनीचाँदे गाउँपालिका र नलगाड नगरपालिकाका साथै रुकुम, सल्यान, जुम्ला, डोल्पाबाट पनि जडीबुटी खोज्न मानिस आएका छन्।

जडीबुटी खरिद गर्न स्थानीय तथा छिमेकी जिल्लाका साथै नेपालगन्ज, सुर्खेत र काठमाडौंबाट समेत व्यापारी तथा ठेकेदार आउने गर्छन्। गाउँपालिकाले प्रतिठेकेदार (सप्लायर्स) दुई लाख रुपैयाँ धरौटी लिएको छ। गाउँपालिका अध्यक्ष महेन्द्र शाहका अनुसार हालसम्म ६३ जना ठेकेदारले दुई लाखका दरले एक करोड २६ लाख रुपैयाँ गाउँपालिकालाई धरौटी बुझाइसकेका छन्। उक्त धरौटीबाट राजस्व कट्टी गरी बाँकी रकम फिर्ता गरिनेछ।

गाउँपालिकाले प्रतिक्विन्टल पाँच सय रुपैयाँ राजस्व लिने गर्छ। त्यहाँ जाने संकलकसँग स्थानीयलाई प्रतिव्यक्ति दुई सय र बाहिरकालाई प्रतिव्यक्ति पाँच सयका दरले कर संकलन गरेको छ। ती सबैको कर ठेकेदारले नै तिरिदिन्छन्। जडीबुटी संकलनलाई व्यवस्थित गर्न गाउँपालिकाले अनुगमन टोली पठाउनुका साथै र सुरक्षा व्यवस्था मिलाएको अध्यक्ष शाहले बताए। यस वर्ष करिब १० हजार क्विन्टल कुकुरडाइनो(सेतोचिनी) निर्यात गर्ने लक्ष्य रहेको अध्यक्ष शाहको भनाइ छ।

उक्त खिराङ्लो जमिनमुनी सखरखण्डजस्तै फल्ने गर्छ। जमिनमुनि हुने भएकाले खन्न गाह्रो हुने स्थानीय दानबहादुर सिंहले बताए। यसलाई पकाएर सुकाउनुपर्ने हुन्छ। यो चिनीजस्तै गुलियो हुन्छ। यसलाई खन्ने ठाउँमा ठेकेदारले प्रतिक्विन्टल ५ हजार रुपैयाँका दरले खरिद गरी चीनतर्फ निर्यात गर्ने गरेका छन्। चीनमा प्रतिक्विन्टल एक लाख रुपैयाँमा बिक्री हुने यो जडीबुटी चोरी–निकासीसमेत हुने गरेको छ। जडीबुटी खन्ने ठाउँमा चिसो हुने भएकाले कतिपय मानिस बिरामी भएर खन्न नसकी फर्किने गरेको सिंहले बताए।

यार्सागुम्बापछि धेरै पाइने यो जडीबुटी संकलन कार्य व्यवस्थित गर्न सके करोडौं आम्दानी गर्न सकिने उनी बताउँछन्। सेतो चिनी चार हजार उचाइमाथि पाटनमा पाइने र यसलाई कुकुरडाइनो भनेर चिनिने गरेको सहायक जिल्ला वन अधिकृत नेपाली साहले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.