बलात्कार आरोपीलाई नेताकै संरक्षण

बलात्कार आरोपीलाई नेताकै संरक्षण

दमौली : बलात्कार अभियोगमा ५ महिनादेखि फरार घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमाललाई नेकपाको संरक्षण रहेको पार्टीकै नेताले स्वीकारेका छन् । वैशाख ३१ गते घिरिङ–४ की विवाहित महिलालाई नवलपरासी बर्दघाट सुस्तापूर्वको बौंदीकाली डेढगाउँस्थित जंगलमा बलात्कार गरेको आरोप लागेयता कुमाल फरार छन् । राजनीतिक संरक्षणका कारण उनलाई प्रहरीले पक्राउ नगरेको आरोप लागिरहेका बेला नेकपाका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले कुमाल आफुहरुको नियमित सम्पर्कमा रहेको खुलासा गरेका हुन् ।

नेता श्रेष्ठले फरार वडाध्यक्ष कुमालका कारण प्रहरीलाई पनि अप्ठ्यारो भएको भन्दै चाँडै बुझाइने जानकारी दिए । ‘हामी उहाँ (कुमाल)लाई प्रहरी कहाँ चाँडै बुझाउँछौं’, श्रेष्ठले भने, ‘प्रक्रिया मिल्न मात्र बाँकी छ ।’ तत्कालीन एमालेका तर्फबाट वडाध्यक्ष विजयी कुमाल बलात्कार घटनापछि कार्यवाहक छाडेर सम्पर्कविहिन छन् । उनी गाउँमै रहेकाले गाउँ जान असुरक्षित भएको पीडित महिलाले सञ्चारकर्मीसँग बताउँदै आएकी छन् ।

गाउँ छाडेर दमौलीमा बस्दै आएकी पीडित महिलासँग पटकपटक सम्पर्क गर्न खोजे पनि सम्भव नभएको नेकपा केन्द्रीय सदस्य श्रेष्ठले बताए । ‘हामीले उहाँ (पीडित महिला)लाई भेट्न खोज्दा पनि दिइएन’, उनले भने । कुमाललाई प्रहरीले पक्राउ नगरेको विषय प्रदेशसभामा पटक–पटक उठेको थियो । प्रदेशसभा सदस्य सरीता गुरुङले कुमाललाई पक्रन नसकेकामा सरकारको आलोचना गरेकी थिइन् ।

काँग्रेसनिकट महिला संघले कुमाललाई पक्रन दमौलीमा विरोध प्रदर्शन गरेको थियो । मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङ बुधबार प्रहरी दिवसको कार्यक्रममा आएका बेला व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले समेत सो विषय उठाएका थिए । पार्टीको नाम चौतर्फी मुछिएपछि प्रतिनिधि सभासदस्य कृष्णकुमार श्रेष्ठले आरोप लागेका कसैलाई पार्टीले संरक्षण नगर्ने प्रष्टीकरण दिनुपरेको थियो ।

प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले कुमाललाई पक्राउ नगर्न दबाब नरहेको दाबी गरिरहँदा नेकपा केन्द्रीय नेताले प्रहरीकै कार्यक्रममा पार्टीको संरक्षण रहेको स्विकार गरेका हुन् । पक्राउ गर्न धेरैपटक कुमालको गाउँ पुगेर पनि रित्तो हात फर्किएको प्रहरीले उनले लोकेशन फेरिरहँदा समस्या परेको बताउँदै आएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.