चर्चामा नरेश पातलीको 'गर्लफ्रेन्ड'

चर्चामा नरेश पातलीको 'गर्लफ्रेन्ड'

बझाङका नरेश पातली नेपाल आइडलमा सहभागी भएपछि एकाएक हिट भए। धनगढी अडिसनमा ‘ऊ जितेर गई या हारेर’ बोलको गीत गाएपछि उनी सामाजिक सञ्जालमा भाइरल भएका थिए। ‘सुर न ताल’ सँग अनौठो हाउभाउसहित गीत गाएपछि उनको चर्चा चुलिएको थियो। नेपाल आइडल अडिसनमा छनोट नभए पनि उनको चर्चा भने सेलाएको छैन।

पातलीले गत शनिबार ‘आई ह्याभ अ गर्लफ्रेन्ड’ बोलको गीत बजारमा ल्याएका छन्। म्युजिक भिडियोमा पातली आफैंले अभिनय गरेका छन्। यस गीतमा बादल घिमिरेले संगीत भरेका छन्। नेपाल आइडलको अडिसन भिडियो हेरेपछि आफूले नरेशको स्वरमा संगीत गरेको बताउँछन् घिमिरे। उनी भन्छन्, ‘पातलीको स्वरमा फरक खालको टेस्ट सुन्न सक्नुहुन्छ।’

भर्खरै बजारमा आएको उनको गीतमा शब्द छ–

हजुरबुवाले त हजुरआमालाई देख्दै नदेखी बिहे गरेका थिए

बाबाले पनि मेरी आमालाई चिन्दै नचिनी बिहे गरेका थिए

ट्वान्टी वान सेन्चुरी, फेरियो ट्रेन्ड, आई ह्याभ अ गलफ्रेन्ड।

नेपाल आइडलको अडिसन हेर्न गएका पातलीले फारम भरेर अडिसनमै भाग लिन भ्याए। भन्छन्, ‘गीत के हो ? म्युजिक के हो भन्ने केही थाहा थिएन मलाई। एकदमै डर लागेको थियो। थर्थरी काँमिरहेको थिए म।’ आफूले अडिसनमा गाएको गीतलाई न्याय दिन नसकेको उनी स्वीकार्छन्।

धनगढीस्थित सुदूरपश्चिमाञ्चल एकेडेमीमा कक्षा ११ मा पढ्दै गरेका पातलीले अव भने म्युजिकमै लाग्ने योजना रहेको बताउँछन्। भन्छन्, ‘गीत गाउन अत्यन्तै गाह्रो रहेछ। म्युजिक सिक्न र हरेक दिन गीतमै समय दिने सोच बनाएको छु।’

१२ वर्षअघि घाँस काट्न जाँदा भीरबाट खसेर आमाको मृत्यु भएपछि उनको परिवारमा दुःखका दिन सुरु भएको थियो। आर्थिक अवस्था कमजोर भएकाले परिवारले उनलाई १० कक्षाभन्दा माथि पढाउन सकेनन्।

 अहिले धनगढीमै रहेका एक आफन्तको घरमा बसेर अध्ययन गर्दैछन्। अडिसनको गीत सुनेर केही साथीले हिम्मत गरिस् भनेर हौसला दिए पनि धेरैले भने गाली गरेको उनले सुनाए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.