सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बेलबारी : पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका ४ बेतना सिमसार क्षेत्रमा बिहीबार बेलुका सवारी दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १२ प ९६८२ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको ना ५ ख १९२० नम्बरको ट्रकले ठक्कर दिँदा बेलबारी ११ लक्ष्मीमार्गका ४५ वर्षीय वर्णबहादुर राई र मनकुमार राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार वर्णबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक मनकुमारको उपचारका लागि धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनीहरु ६ वर्ष अघि भारतीय सेनाबाट अवकाश पाएका थिए ।

स्थानीय विक्रम राईका अनुसार अवकाश पाएपछि दुबै जना गाउँमा फर्किएर समाजसेवामा समर्पित बनेका थिए । उनले समाजसेवी दुबै जनाको मृत्यु भएपछि सिंगो गाउँ शोकमा परेको जानकारी दिए । ‘चाडपर्वको मुखमा सामाजिक रुपमा अग्रणी व्यक्ति सडक दुर्घटनामा ज्यान गुमाउनु पर्‍यो,’ उनले भने, ‘घटनापछि सिंगो लक्ष्मीमार्ग शोकमग्न बन्न पुग्यो ।’ डाँगीहाट युथ क्लबका अध्यक्ष समेत रहेका विक्रमले दुबै जना अत्यन्तै मिलनसार र सामाजसेवीको छाप बनाएका कारण पनि उनीहरुको मृत्युमा सबै शोकमा परेको बताए । 

दुर्घटना गराएको ट्रक र दुर्घटनामा क्षति पुगेको वर्णबहादुर र मनकुमार चढेको मोटरसाइकल ।  

किरात राई यायोख्खा,आदिवासी जनजाति महासंघ लगायत विभिन्न संघ संस्थाको नेतृत्व गरिसकेका वर्णबहादुर स्थानीय ज्ञानोदय ईङिलस स्कुलका संस्थापक समेत हुन् । संघीय समाजवादी फोरमबाट स्थानीय निर्वाचनमा चुनाव लडेका उनी सामाजिक क्रियाकलापमा अग्रणी भूमिका थिए । उनी उक्त पार्टीका क्षेत्रीय सभापति समेत हुन् । वर्णबहादुरसँगै सामाजिक काममा सक्रिय रहेका मनकुमार स्थानीय सहकारीका व्यवस्थापक समेत हुन् ।  

दुर्घटना गराउने ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

त्यस्तै मोरङको कानेपोखरी गाउँपालिका ७ स्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट बिहीबार राति एक जनाको मृत्यु भएको छ । ना ५ ख २१४१ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा कानेपोखरी ७ का ५० वर्षीय विष्णु भेटवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए। बाटो काट्ने क्रममा तीव्र गतिमा रहेको बसले भेटवाललाई ठक्कर दिएको थियो । उनको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा राति मृत्यु भएको प्रहरीले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.