केट हड्सनको ‘रोजबड’

केट हड्सनको ‘रोजबड’

केही दिनअघि केट हड्सन (३९) ले भर्खरै जन्मिएकी आफ्नी छोरीको फोटो इन्स्टाग्राममा अपलोड गरिन्। स्टार हड्सनले आफना प्रेमी ड्यानी फुजिकावासँगै छोरीको फोटो अपलोड गरेकी थिइन्। ‘हाम्री सानी रोजबड’ उनले फोटोको क्याप्सनमा लेखेकी थिइन्।

सेयर गरेको फोटोमा एउटा सानो बच्चालाई ब्ल्याङ्केटले छोपिएको छ, अनुहार मात्र देखिने गरी। बच्चालाई ह्याट लगाइदिएकी छिन् हड्सनले। फोटोमा झन्डै १.२ मिलियन लाइक आएको छ। २० हजार एक सय वटा कमेन्ट छन्।

‘हामीले हाम्रो छोरीको नाम रानी राख्ने विचार गरेका छौं,’ हड्सनले भनिन्। रानी गत अक्टोबरमा २ मा जन्मिएको बताइएको छ। हजुरबुवाको नामबाट छोरीको नाम जुराइएको समेत उनले बताइन्। त्यस्तै, कमेन्टहरूलाई लक्षित गर्दै हड्सनले भनेकी छिन्, ‘सबैले राम्रो गरिरहनु भएको छ र सबैजना खुसी रहनुस्। हाम्रो परिवारले तपाईंहरूलाई धन्यवाद दिन चाहन्छ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.