भ्रम पार्ने ‘स्पेस एक्स’
गत आइतबार राति ‘लन्च’ गरिएको स्पेस एक्स फाल्कोन–९ रकेटले सामाजिक सञ्जालमा खैलाबैला मच्चायो। क्यालिफोर्नियाको आकाशबाट अघि बढेको उक्त रकेट सामाजिक सञ्जालमा भाइरल नै भयो।
भेन्डनबर्ग एयर फोर्स बेसबाट रकेटको उडान गरिएको थियो। यो ठाउँ लस एन्जलसको उत्तरपश्चिम भूभागबाट दुई सय ३० किमि टाढा पर्छ। आकाशमा उड्दै गरेको त्यो रकेटबारे दर्शकले विभिन्न अनुमान लगाए। स्पेस एक्सको रकेट हो भन्ने बारेमा धेरैलाई थाहा थिएन। आकाशमा एकोहोरो चम्किरहेको वस्तुमात्र देखिन्थ्यो। त्यो के थियो, किन देखियो भन्ने बारेमा कसैलाई मेसो भएन।
ट्विटर प्रयोगकर्ताहरूले लेखे, ‘त्यो राति एउटा धपधप बलिरहेको वस्तुमाथि आकाशतिर जाँदै थियो। त्यो चमकदार वस्तु के थियो भनेर हामी दर्शक छक्क पर्र्यैाँ। घाँटी तन्काएर आकाशतिर हेरिरहेका थियौं।’ यो रकेट सुरुमा उड्दा सुन्तला रङ जस्तो देखिन्थ्यो।