पप स्टार टेलर स्विफ्टको राजनीति
पप स्टार टेलर स्विफ्ट (२८) राजनीतिप्रति चासो देखाउन थालेकी छिन्। उनी केही समययता राजनीतिबाट टाढा रहेकी थिइन्। देशमा आइपर्ने घटनाले राजनीतिप्रति बेवास्ता गर्न किन दिन्थ्यो ? गत आइतबार उनले इन्स्टाग्राममा अब आउने चुनावमा आफूले टेनिस डेमोक्राट्सलाई भोट दिने बताइन्।
स्विफ्टले रिपब्लिकन सिनेट क्यान्डिडेट मार्सा ब्ल्याकबर्नलाई धक्का पुग्नेगरी बोलिन्। ‘मैले पहिलेदेखि नै महिलाहरूलाई भोट दिँदै आएको छु। र, पछिसम्म पनि यो जारी रहनेछ। म मार्सा ब्ल्याकबर्नलाई सहयोग गर्न सक्दिनँ,’ स्विफ्टले इन्स्टाग्राममा लेखिन्। इन्स्टाग्राममा उनका एक सय १२ मिलियन फलोअर छन्।
आफूले महिला हिंसाविरुद्धमा जान महिलालाई भोट गर्न लागेकी बताइन्। स्विफ्टले इन्स्टाग्राममा लेखेको केही समयपछि ब्रेडसनले ट्विटरमार्फत धन्यवाद दिएकी थिइन्। आफूलाई सहयोग गर्ने बाचा गरेकोमा ब्रेडसनले स्विफ्टप्रति खुसी व्यक्त गरिन्।
आइतबार गरेको आफ्नो पोस्ट्मा स्विफ्टले भनिन्, ‘हरेक विषयमा पूर्ण सहमत हुने कुनै क्यान्डिडेट वा पार्टी आजसम्म देखेको छैन। तर, कसै न कसैलाई भोट गर्नु नै पर्छ।’