रातारात चर्चा चाहिन्न
नायिका दीपिका प्रसाईं आफ्नो डेब्यु फिल्म ‘ऐश्वर्य’बाटै निकै चर्चामा आइन् । यही फिल्मको ‘तिमी रोएको कुनै पल’ बोलको गीतले उनलाई रातारात चर्चामा ल्यायो । उनको दोस्रो फिल्म ‘छक्का पञ्जा ३’ अझै बढी चर्चामा छ । फिल्ममा दीपिका बोल्ड अन्दाजमा छिन् । दीपिकासँग उनको व्यक्तिगत जीवनसँग जोडिएर सपना महर्जनले शैलीका लागि गरेको कुराकानीः
अचेल केमा व्यस्त हुनुहुन्छ ?
अहिले ‘छक्कापञ्जा ३’ को प्रमोसन र अर्को फिल्मको वर्कसपमा व्यस्त छु । तर नयाँ फिल्मको बारेमा अहिले नै केही भन्दिनँ ।
फिल्म उद्योगमा कसरी आइपुग्नु भयो ?
म एकैपल्ट फिल्ममा आएकी होइन । पहिले मोडलिङ गर्थें । त्यतिखेर फिल्मको अफर आयो । त्यतिबेला प्लस टुमा पढ्दै गरेकीले फिल्म खेल्न इच्छा देखाइनँ । पछि ब्याचलर सकिनै लाग्दा फिल्म ‘ऐश्वर्य’ बाट अफर आयो ।
सुरुदेखि फिल्म उद्योगमा आउने चाहना थियो ?
सुरुमा त खासै इच्छा थिएन । तर अहिले यही क्षेत्रमा केही गर्नुपर्छ भन्ने लागेको छ । खास हिरोइन बन्ने चाहना मेरो भन्दा पनि मेरा शुभचिन्तकहरूको हो । मेरा साथीभाइले सधैं मलाई यो क्षेत्रमा प्रवेश गर्न इनकरेज गरे ।
नेपाली फिल्म उद्योगमा तपाईंका मन पर्ने सेलिब्रेटी ?
नायिका प्रियका कार्की धेरै मन पर्छ । मलाई उहाँको इनर्जी लेबल गज्जब लाग्छ । उहाँ दिन रात नभई काममा जसरी खटिनुहुन्छ, त्यो त म सोच्न पनि सक्दिनँ । अर्को मलाई राजेश हमालको पर्सनालिटी खुब मन पर्छ ।
फेसेनेबल हुनु कत्तिको आवश्यक छ जस्तो लाग्छ ?
म सामान्यतया फेसेनेबल हुन मन पराउँछु । फर्मल डे«सअप गर्न बढी मन पर्छ । त्योभन्दा पनि ज्यादा सधैं मस्कुराई रहन मन पर्छ । यो क्षेत्रमा टिक्न ग्ल्यामरस मात्र भएर हुँदैन, कामबाट पनि प्रुफ गर्न आवश्यक छ ।
नायिकाहरूलाई फिट रहनुपर्ने बाध्यता हुन्छ । तपाईं कतिको फिट रहनुहुन्छ ?
अहिले त योगा गरिरहेकी छु । म एकदमै पोजेटिभ मान्छे हुँ, त्यसैले मोटिभेसनल कुराहरू बढी रुचाउँछु र त्यस्तै व्यक्तिसँग भेट्छु । यसले स्वस्थ राख्न धेरै मद्दत गर्छ । हुन त हाल मेरो वजन बढिरहेको छ ।
त्यसो भए खानामा तपार्इंको कन्ट्रोल छैन ?
आजभोलि निकै फुडी भएको छु । मलाई पिज्जा र चिकेन रोल निकै मन पर्छ । यी दुई खानेकुरा अगाडि हुँदा कसैलाई भाग लाउँदिनँ । पिज्जा त बिग साइजको पनि सबै खाउँ जस्तो लाग्छ । मेरो प्रायः खर्च खानेकुरामै हुन्छ ।
कमाएको पैसा कत्तिको उडाउनु हुन्छ ?
चाहिएको सामान त किन्नै प¥यो तर त्योभन्दा ज्यादा खर्च गर्ने बानी छैन । लत्ताकपडा, मेकअप, ब्याग, एसेसरिज आवश्यकताअनुसार किन्नुपर्छ । घरबाट पैसा नलिएको पनि धेरै भयो ।
कत्तिको ब्रान्ड कन्सियस हुनुहुन्छ ?
म पफ्र्युम र मेकअपमा ब्रान्ड कन्सियस छु । अहिले ल्याम्कुम ब्रान्डको मेअकप प्रयोग गरिरहेकी छु । हामीले विशेषगरी आफ्नो फेसलाई ध्यान दिनुपर्छ । त्यसैले राम्रो ब्रान्डको मेकअप नै प्रयोग गर्छु ।
तपाईंलाई मन पर्ने ठाउँ ?
म त्यति ट्राभल गर्दिनँ । ठाउँहरूको बारेमा त्यति थाहा पनि छैन । तर मेरो जन्मघर धनगढी हो । मलाई धनगढी निकै रमाइलो लाग्छ । गएपछि मलाई फर्कन मन लाग्दैन ।
अहिले रिलेसनसिपमा हुनुहुन्छ ?
अहिलेसम्म म कुनै रिलेसनसिपमा छैन । स्कुल कलेज लाइफमा पनि कसैप्रति आकर्षित भइनँ । कसैले मन पराएको सुन्दा खुसी लाग्थ्यो । अगाडि आउँदा हाँसिदिन्थेँ । मन खाएको मान्छे अझै नभेटेर होला सिंगल नै छु ।
तपाईंको सपनाको राजकुमार कस्तो सोच्नु भएको छ ?
म एकदम सिम्पल छु । केटा मान्छे पनि सिम्पल होस् भन्ने लाग्छ । सेल्फमेड केटाहरू अझै मनपर्छ । जो बुवाआमाको भरमा नभई आफ्नै खुट्टामा उभिएको होस् । अर्को कुरा केटा मान्छे अन्डरस्ट्यान्डिङ हुनुपर्छ ।
तपाईंको क्रेजी फ्यान पनि होलान् नि ?
त्यस्तो त छैन तर म फिल्म इन्डस्ट्रीमा आउनुभन्दा पहिले नै एक व्यक्ति मेरो ठूलो फ्यान थिए । उनले मेरो पेन्टिङ गरेर मलाई गिफ्ट गरेका थिए । तर अपसोच त्यो पेन्टिङ अहिले मसित छैन ।
आफ्नो मनको कुरा प्रायः कसलाई भन्नुहुन्छ ?
प्रायः क्लोज फ्रेन्डहरूलाई नै भन्छु तर आजकल प्रायः सबै कुरा घरमा पेरेन्टसहरूलाई नै भन्छु । र उहाँहरूले सपोर्ट पनि गर्नुहुन्छ ।
धेरैलाई थाहा नभएको तपाईंबारे एउटा कुरा भनिदिनुस् न ।
म भगवान्लाई धेरै मान्छु, विश्वास गर्छु । भगवान्प्रति आस्था भएर नै होला, मन्दिर पनि प्रायः गइरहन्छु । मलाई लाग्छ कि भगवान्सँग मागिएका कुरा पूरा हुन्छन् ।
फिल्मको सुटिङ हुँदा एक सिनको लागि कतिको टेक खानुहुन्छ ?
सुरुसुरुमा त धेरै टेक खाएँ । त्यतिबेला अनुभव पनि थिएन । टेक त अहिले पनि खान्छु तर वान टेकमा ओके भएका सिनहरू पनि थुप्रै छन् ।
तपाईं व्यक्तिगत रूपमा कस्तो स्वभाव छ ?
म धेरै तनाव लिन्नँ । ओभरनाइट सक्सेसमा विश्वास गर्दिनँ । काम गर्दै जाँदा विस्तारै सक्सेस हुने हो । त्यसैले आफ्नो गल्तीहरूलाई सुधार्दै अझै राम्रो काम गर्दै जाने स्वभावको छु ।