सिन्धुलीबाट काठमाडौं हि‌डेको यात्रुबस सुनकोसीमा खस्यो

सिन्धुलीबाट काठमाडौं  हि‌डेको यात्रुबस सुनकोसीमा खस्यो

सिन्धुली  : वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउपालिका-५ रिठ्ठेभीरमा बस दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ५ जना गम्भीर घाइते भएका छन् । तीन जना हराइरहेको आशंका गरिएको छ ।

सिन्धुलीबाट काठमाडौं जाँदै गरेको ना.६ ख ९१२ नम्बरको मिनीबस र काठमाडौंबाट सिन्धुलीको खुर्कोटतर्फ आँउदै गरेको बा.९९ प २५९७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा बस सडकबाट सुनकोसी नदीमा खसेको थियो । 

मोटरसाइकल चालक देवेन्द्र विक सामान्य घाइते भएका छन् ।गम्भीर घाइतेको उपचारका लागि धुलीखेल लगिएकोछ । हराइरहेकाको खोजी कार्य जारी रहेको सिन्धुली प्रहरीका प्रवक्ता लोकदर्शन थापाले जानकारी दिए ।

 मिनीबसमा कति जना सवार थिए भन्ने यकिन नभएको प्रहरीले जनाएको छ । घटना स्थलमा नेपाल प्रहरी, शस्सत्र प्रहरी र स्थानीयले  उद्धार गरिरहेका छन् । बस सडकबाट करीब ७ सय मिटर तल सुनकोसी नदीमा खसेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.