टस जितेर सिंगापुरविरुद्ध फिल्डिङ गर्दै नेपाल

टस जितेर सिंगापुरविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं :  सन २०२० मा आयोजना हुने आईसीसी टीट्वेन्टी विश्वकपको पहिलो चरणको एसियाली छनोट प्रतियोगिता अन्तर्गतको खेलमा नेपाल अहिले सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ ।  मलेसिया क्वालालम्पुरको बायुमास ओभलमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि सिंगापुर ब्याटिङ गरिरहेको छ । 

७ ओभरको खेल सकिँदा सिंगापुर ४१ रन बनाएर खेलिरहेको सिंगापुरको नेपालले ३ विकेट लिएको छ ।  हालसम्म साेमपाल कामीले २ र सन्दीप लामिछानेले १  विकेट लिएका छन् । 

७ टोली सम्मिलत प्रतियोगितामा नेपालसँगै सिंगापुर पनि अपराजित छ । नेपालले पनि यसअघिका पाँचै खेलमा फराकिलो अन्तरको जित हात पारेको  छ भने ।  सिंगापुरले पनि शतप्रतिशत नतिजा निकालेको छ । 

नेपाल र सिंगापुर दुवै  अन्तिम चरणको एसियाली छनोट प्रतियोगिताका लागि छनोट भइसकेका छन्।

 प्रतियोगिताका यस अघिका ५ खेलमा सहज  निकालेको नेपालले ।  म्यानमार र मलेसियालार्इ ८ विकेटले हराएको थियो ।  त्यसैगरी थाइल्याण्डलार्इ डकवर्ड लुइस  नियमका आधारमा १४० रनले पराजित गर्दा भुटानमाथि ११७ रनको जित निकालेको थियो।

बुधबार चीनमाथि १० विकेटको जित निकाल्न सफल भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.