डिजाइनमा अब्बल होन्डा हर्नेट
काठमाडौं : ग्रामीण कच्ची सडक तथा सहरका चिल्ला बाटामा सहजै गुडेको देख्न सकिन्छ, होन्डाका मोटरसाइकल । होन्डाका दुईपांग्रे सवारी नेपालीमाझ लोकप्रिय छ । जापानी सवारी उत्पादक कम्पनी होन्डाको मोटरसाइकल नेपाली बजारमा सन् १९६७ देखि बिक्रीवितरण हुँदै आएको छ ।
होन्डाले बिक्रीवितरण गर्न सुरु गरेको ५० वर्षको यात्रामा आफूलाई ग्राहकमाझ अब्बल साबित गरिसकेको छ । होन्डाका मोटरसाइकल तथा स्कुटर दैनिक ज्याला मजदुरी गर्ने र सभ्रान्त परिवार सबैले चढ्न सक्ने क्षमताका छन् । होन्डाका मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले भदौको पहिलो साता सीबी होन्डा हर्नेट एक सय ६० आर नेपाली बजारमा भित्र्याएको हो ।
होन्डा सीबी १००० आर जस्तै देखिने मोटरसाइक छोटो समयमै ग्राहकको रोजाइमा पर्न सफल भएको छ । यसमा प्रयोग भएको हेडल्याम्पले होन्डा सीबी १००० आरको झझल्को दिनेछ । होन्डा हर्नेटको लुक्स निकै आकर्षित छ ।
एक सय ६० सीसी इन्जिन क्षमतामा उपलब्ध हर्नेट उत्कृष्ट र आकर्षक डिजाइनमा छ । माचो लुक्स बोकेको मोटरसाइकलमा होन्डाको बल्की बडी प्यानल प्रयोग गरिएको छ । विशेष गरी फ्युल ट्यांकमा यसको प्रयोग बढी भएको देख्न सकिन्छ । स्पोर्टी लुक्स रहेको यस मोटरसाइकलले स्टाइललाई प्राथमिकता दिएकाले ग्राहकको रोजाइमा परेको हो । मोटरसाइकलको रियरमा रहेको मोनोसक र फ्युल ट्यांकको सार्प कर्भ्सले यसलाई एग्रेसिभ बनाएको छ । यसको एक्स–आकारको एलईडी टेलल्याम्पले हर्नेटलाई थप आकर्षित बनाउन मद्दत पुर्याएको छ ।
होन्डा हर्नेट नेपालीको आवश्यकता तथा सोख दुवै प्रतिनिधित्व गर्ने मोटरसाइकल हो । यो मोटरसाइकल युवादेखि प्रौढ सबैले सहज तरिकारले चलाउन सक्ने गरी बनाइएको छ । यो नेपाली ग्राहकको आवश्यकता र सोखको रूपमा विकसित भइसकेको छ । अस्तव्यस्त सार्वजनिक यातायात र यसबाट छुटकारा पाउन पहिलो विकल्पको रूपमा मोटरसाइकल स्थापित भएको छ ।
चारपांग्रे सवारीको तुलनामा सस्तो र छरितो हुन्छ, मोटरसाइकल । खासगरी शक्तिशाली र स्टाइलिस मोटरसाइकलप्रति ग्राहकको मोह बढ्दै गएको छ । ग्राहकको रोजाइमा तीव्र गति र उत्कृष्ट क्षमताका मोटरसाइकल पर्ने गर्छन् । पाँच गेयरयुक्त मोटरसाइकलको अधिकतम गति एक सय १५ किलोमिटर प्रतिघण्टा छ ।
पर्फमेन्स र ह्यान्डलिङ
यो मोटरसाइकल स्टार्ट गर्नेबित्तिकै यसको आवाजले रिफाइनमेन्टको पार्टमा यो टिपिकल होन्डा मेसिन रहेको पाउन सकिन्छ । होन्डा सीबी हर्नेट १६० आर आरामदायी छ । साँघुरो र अप्ठ्यारो सडकमा पनि मोटरसाइकल स्थिर रहन्छ । गियरले आरपीएम ब्यान्ड निरन्तर साथ दिनेछ । मोटरसाइकलमा एअरकुल, चार स्ट्रोक सीआईबीएस–आईभी इन्जिन छ । यसको १६२.७१ सीसी इन्जिन र १५.७ बीएचपीले ५०० आरपीएम प्रदान गर्छ भने उच्चतम टर्क १४.७६ एनएमले ८५०० आरपीएम उत्पादन गर्छ ।
गुडिरहेको यस मोटरसाइकल रोक्न कुनै गाह्रो हुँदैन । फ्रन्टमा रहेको २७६ एमएडीसमा थ्री सिलिन्डरका लिपर प्रयोग गरिएको छ । पछिल्लो चक्कामा १३० एम ड्रम तथा २२० एम डिस ब्रेकमा उपलब्ध छ । जसले गर्दा मोटरसाइकल भनेको ठाउँमा रोक्न सकिन्छ । यो नेपाली सडक सुहाउँदो छ । नेपालका सबै सडक चिल्ला छैनन् । १६४ एमएम ग्राउन्ड क्लियरेन्स भएको मोटरसाइकल खाल्डाखुल्डी भएको सडकमा पनि बिनाकठिनाइ चलाउन सकिन्छ ।
मूल्य र मूल्यांकन
होन्डा सीबी हर्नेट १६० आरको मूल्य नेपाली बजारमा दुई लाख ९९ हजार नौ सय रुपैयाँ तोकिएको छ । यो मोटरसाइकल अरेन्ज र ब्ल्याक, ह्वाइट र ब्लू, रेड र ग्रे, र एलो गरी पाँच रङमा उपलब्ध छ । यस मोटरसाइकलले प्रतिस्पर्धी मोटरसाइकल बिक्रीमा असर पुर्याउने सम्भावना राम्रो देखिन्छ ।
छोटो समयमै हिट हुन आवश्यक सम्पूर्ण विशेषता यसमा समावेश गरिएको छ । तर पनि यसमा सवारीचालकको जीवन रक्षाका लागि उपयुक्त मानिएको सिंगल च्यानल एन्टिलक ब्रेकिङ स्टिम (एबीएस) राखिएको छ ।
सम्बन्ध सपनाहरूको
नेपालमा होन्डाका सवारीसाधन बिक्रीवितरण सुरु गरेको ५० वर्ष पूरा भएको अवसरमा दसैंतिहार स्किम ‘सम्बन्ध सपनाहरूको’ ल्याएको छ । यो योजना अवधिभर होन्डाको कुनै पनि बाइक, स्कुटर तथा कारको खरिदमा आकर्षक नगद उपहारका साथै अन्य सुविधा प्राप्त गर्न सक्नेछन् ।
यस योजनाअन्तर्गत ग्राहकले होन्डा मोटरसाइकलको खरिदमा स्क्याच कुपनमार्फत एक लाखसम्म नगद छुट, पाँच वर्ष फ्री सर्भिसिङका साथै पाँच वर्षका लागि स्पेयर पार्टमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । होन्डा बिग बाइकको खरिदमा ग्राहकले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् भने होन्डा कारको खरिदमा आकर्षक नगद छुट, एक वर्षको निःशुल्क रोड कर र एक वर्षको बिमा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।