धादिङमा टिपर दुर्घटना, तीनको मृत्यु, तीन घाइते

धादिङमा टिपर दुर्घटना, तीनको मृत्यु, तीन घाइते

धादिङ : धादिङको थाक्रे गाउँपालिका-१० मानेडाँडामा शुक्रबार साँझ टिपर पल्टिदाँ तीन जनाको मृत्यु भएको छ।

थाक्रे गाउँपालिका-१०, भीमसेनथानबाट गल्छी गाउँपालिकाको चकमके जाँदै गरेको बा ५ प २४१८ नम्बरको टिपर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको भनाइ छ।

दुर्घटनामा दुई जनाको घटनास्थलमा र एकको उपचारका लागि लाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाका इन्पेक्टर उद्धव पोखरेलले जानकारी दिए। 

मृत्यु हुनेमा थाक्रे -१० का ३२ वर्षीय महेश तामाङ, सोही ठाउँका ५० वर्षीया सावित्री तामाङ र ६० वर्षीया सोममाया तामाङ रहेको छन्।

दुर्घटनामा तीनजना घाइते भएका छन्। घाइते हुनेमा टिपर चालक हरेन्द्र तामाङ, टेकबहादुर तामाङ र चारवर्षीया बालिका रहेका छन्। 

घाइतेहरुको उद्दार गरी उपचारका लागि काठमाडौँ पठाइएको छ। टिपर सडकबाट पाँच सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.