ए डिभिजन लिग : मनाङ शीर्ष स्थानमा

ए डिभिजन लिग : मनाङ शीर्ष स्थानमा

काठमाडौं : साविक विजेता सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबले पल्सर ‘ए’ डिभिजन लिगको पहिलो चरणको खेलमा शीर्ष स्थान कायम गरेको छ। शुक्रबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै मनाङले पहिलो चरणको खेलमा शीर्ष स्थान कायम गरेको हो।

संकटा, थ्री स्टार र नेपाल पुलिस क्लबको समेत समान तीन अंक भए पनि गोलअन्तरका आधारमा मनाङले अग्रता कायम गरेको हो। सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको मैदानमा पहिलो हाफमा एक गोलले पछि परेको मनाङले दोस्रो हाफमा तीन गोल गर्दै जित निश्चित गरेको हो।

मनाङको जितमा अफ्रिकन मूलका खेलाडी अफिज ओलावालेले दुई गोल गरे। यू–१७ उमेरसमूहका खेलाडीलाई पहिलो रोजाइमा लिएर मैदानमा उत्रिएको ब्रिगेड ब्वाइजले पहिलो हाफको खेलमा मनाङलाई बलियो टक्कर दिएको थियो। खेलको २८औं मिनेटमा रजत तिवारीले आकर्षक गोल गर्दै ललितपुरे टोलीलाई १–० ले अघि बढाएका थिए।

यद्यपि दोस्रो हाफ सुरु भएलगत्तै मनाङले गोल फर्काउन सुरु गरेको थियो। दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै हेमन गुरुङको प्रहार ब्रिगेड ब्वाइजका खेलाडीको खुट्टामा ‘डिफ्लेक्ट’ हँुदै गोलमा परिणत हँुदा मनाङ १–१ को बराबरीमा फर्किएको थियो। त्यसपछि अफिजले खेलको ५७औं र इन्जुरी समयमा गरी दुई गोल गर्दै टोलीको जित ३–१ ले निश्चित गरे। ब्रिगेड ब्वाइजका तीन रक्षकको अघिबाट बल अघि बढाउँदै पहिलो गोल गरेका अफिजले डी बक्सभित्र विपक्षी एक रक्षकलाई छक्याउँदै दोस्रो गोल गरेका थिए। अफिजका यी दुवै प्रहारमा ब्रिगेड ब्वाइजका गोलरक्षकले रोक्ने प्रयास गर्दा बल हातमा लागेर गोलमा परिणत भएको थियो।

त्यसअघि शुक्रबार नै भएको अर्काे खेलमा हिमालयन शेर्पा क्लब र विभागीय टोली एपीएफले गोलरहित बराबरी खेलेका छन्। पहिलो हाफमा एपीएफ र दोस्रो हाफमा शेर्पाले सशक्त प्रदर्शन गरे पनि दुवै टोली गोल गर्न असफल भए। बराबरीको नतिजासँगै दुवै टोलीले १–१ अंक बाँडेका छन्। शुक्रबारको खेलसँगै ‘ए’ डिभिजन लिग तिहारसम्मका लागि स्थगित भएको छ। लिगका बाँकी खेल तिहारपछि सुरु हुने एन्फाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.