मध्यकालमा दसैँ

मध्यकालमा दसैँ

ने.सं. ७८६ आश्विनशुक्लप्रतिपदा अर्थात् घटस्थापनाको दिन राजा श्रीनिवास मल्लले आफ्नो दरबारमा मूलचोक तयार गरे।


नेपालमा मानिने चाडपर्वमध्ये दसैँ जत्तिको ठूलो र व्यापक चाड अर्को छैन भनी भन्दा बढ्ता बोलेको नठहरिएला। यस सानो लेखमा नेपालमा दसैँका सबै पक्ष समेट्नु सम्भव नभएकोले हामीले अहिले मात्रे गरेको जस्तो दसैँको चर्चा कहिलेदेखि पाइन्छ भत्रेदेखि उठाएर मध्यकालको दसैँको विषयमा प्रकाश पार्ने केही उद्योग गरिएको छ।

दसैँमा पाठ गरिने ‘दुर्गासप्तशती’ अर्थात् ‘चण्डी’को पुस्तक यहाँ वि.सं. १२०० देखिका पाइने हुनाले त्यस ताकासम्म यतातिर दसैँको प्रतिष्ठा राम्रै भइसकेको थियो भनी भत्र सकिन्छ (ने.सं. २६४ मा राजा नरेन्द्रदेवको पालामा ललितपुरका सप्तकुटुम्बज शासकको लागि सारिएको ‘चण्डी’को पुस्तकको लागि लूछ्याह्नो पेतेक, ‘मेड्इईभल् हिस्टरि अफ नेपाल् (सी. ७५०–१४८२)’, ईस्मेओ, रोम, ई.सं १९८४, ६० पृ. हेर्नू)।

पुराना अभिलेख केलाएर हेर्दा नेपालमा दसैँ मात्रे गरेको सन्दर्भ वि.सं १४३२ सम्म पुर्‍याउन सकिन्छ। खुलाएर भन्दा, ने.सं. ४९५ तदनुसार वि.सं. १४३२ मा नवरात्रको प्रतिपदा टूट भएकोले अमावास्याकै दिन स्थापना गरियो, त्रिपुरले चाहिँ गरेन भनी हाल ‘गोपालराजवंशावली’ (५५ ख ५ पङ्क्ति–५६ क १ पङ्क्ति) भनी कहलिएको इतिवृत्तमा लेखिएको छ।

यसको मतलब, राजधानी भक्तपुरमै नवरात्रको शुरूवात प्रतिपदा टूट भएकोले एउटा राजकुलमा अघिल्लो दिन र अर्कोमा भोलिपल्ट भएको देखिन्छ। पक्कै पनि नेपालखाल्डोमा दसैँ मानिएको यो पहिलो घटना होइन। दसैँको ठीक तिथिमितिको विषयमा दुइ मत हुँदा मात्र यस्ता टिपोट लेखिने गरेका हुन् भत्रे कुरा हामीले बुझ्नुपर्छ।

नेपालमा मानिने दसैँको इतिहासको विषयमा केही वर्ष यतादेखि खोजी गरिरहेकी अस्त्रिद जोत्तरअनुसार दसैँको पूजाको लागि नेपालखाल्डोमा लेखिएको, पाइएसम्ममा सबभन्दा पुरानो पद्धति ने.सं. ६९० तदनुसार वि.सं. १६२७ को छ। त्यो पद्धति राजमाता गङ्गादेवी र उनका दुई छोरा त्रैलोक्य मल्ल र त्रिभुवन मल्लको पालामा भक्तपुरमा तयार पारिएको हो (कालेब सिमन्स आदिद्वारा सम्पादित ‘नाइन् नाइट्स् अफ द गड्इस् : द नवरात्रि फेस्टिभल् इन् साउथ् एसिया’, स्टेट यूनिभर्सिटि अफ न्यू योर्क प्रेस, अल्बानि, ई.सं. २०१८ मा अस्त्रिद जोत्तरको ‘ह्विच् दुर्गा ? ह्वाट् नवरात्र ? : रिमाक्र्स् अन् रिकन्फिग्युरेशन्ज् अफ रइअल् रिट्युअल्ज् इन् द काठ्मान्डू भ्याल्इ’, ५७, ५८ पृ.)।

दसैँको पूजापद्धति ने.सं. ६९० यताको पाइए पनि ‘गोपालराजवंशावली’मा चर्चित ने.सं. ४९५ मा दसैँ मानेपछिको दोस्रो उल्लेख एउटा ठ्यासपूmमा आएको छ। त्यहाँ ने.सं. ६६० तदनुसार वि.सं. १५९७ को दसैँको तिथिमितिको चर्चा गरिएको छ (नयराज पन्त, ‘विद्या–रक्षा’ १५ संख्या, संशोधन–मण्डल, काठमाडौँ, २०२०, ४७–४८ पृ.)। त्यति मात्र होइन, त्यस टिपोटबाट चैते दसैँ पनि मानिने गरेको सङ्केत पाइएको छ। कुरा के भने, ने.सं. ६६० मा चैत्रशुक्लको नवरात्र लेखिसकेपछि त्यहीँ ने.सं. ६६० मा आश्विनमा क्षयमास पर्दा कार्तिकमा दसैँ मानेको चर्चा आएको छ (महेशराज पन्त, ‘सबभन्दा पहिले प्रचारमा आएको ठ्यासफू २ खण्ड’, ‘पूर्णिमा’ १३१ पूर्णाङ्क, २०६६, २१८ पृ.)।

यस्तै अर्को ठ्यासफूमा पनि ने.सं. ६६० कार्तिकमा दसैँ मानेको कुरा लेखिएको छ (महेशराज पन्त, ‘नयाँ ठ्यासफू’, ‘पूर्णिमा’ १३८ पूर्णाङ्क, २०६९, १५७ पृ.)। चैते दसैँको अर्को उल्लेख ने.सं. ८५८ तदनुसार वि.सं. १७९४–९५ मा यस्तै अर्को टिपोटमा आएको कुरा पनि यस प्रसङ्गमा भत्रुपर्छ।

डिल्लीरमण रेग्मीले मूल ठ्यासफूको पाठ ठीकसँग नउतारेकाले र मूल ठ्यासफूवा त्यसको प्रतिच्छवि पनि देख्न नपाइएकोले नेवारीमा लेखिएको त्यस टिपोटको सबै कुरा त बुझिँदैन, चैत्रशुक्लसप्तमीको राति राजपरिवारका नातेदार मरी आशौच पर्दा पछि मात्र तलेजुमा स्याकोत्याको अर्थात् नवमीको पूजा गरियो भत्रेसम्म मात्र बुझिन्छ (डिल्लीरमण रेग्मी, ‘मेड्इईभल् नेपाल्’ ३ भाग २ खण्ड, फर्मा के. एल्. मुखोपाध्याय, कलकत्ता, ई.सं. १९६६, १०४–१०५ पृ.)।

पछिल्लो मल्लकालका टिपोटमा दसैँका केही सन्दर्भ पाइन्छन्। वि.सं. १७३८ मा आश्विनमा क्षयमास पर्दा भक्तपुर, काठमाडौँ, ललितपुर र गोरखामा कार्तिकमा दसैँ मानेको; वाराणसी, तिरहुत अर्थात् मिथिला, राजपुर र अहिले नेपालभित्रै पर्ने पर्वत राज्यमा चाहिँ आश्विनमै दसैँ मानिएको कुरा एउटा टिपोटमा लेखिएको छ (‘विद्या–रक्षा’ १५ संख्या, ४३–४४ पृ.)। यही क्षयमासको चर्चा र कार्तिकमा दसैँ गरिएको कुरा अर्को एउटा टिपोटमा पनि आएको छ (उही, ४४–४५ पृ.)।

यही क्षयमासको चर्चा गरी राजा पृथ्वीपति शाहको पालामा भाद्रमा सोह्र श्राद्ध र कार्तिकमा दसैँ गरेको टिपोट एक जना गोरखाली ज्योतिषीले गरेका छन् (उही, ४३ पृ.)। यीबाहेक, नवरात्रको शुरुवात कहिले गर्ने, खड्गस्थापना कहिले गर्ने, महाअष्टमी महानवमी र विजयादशमी आदि कहिले मात्रे भत्रे विषयमा लेखिएका केही टिपोट पनि प्रकाशमा आइसकेका छन् (नयनाथ पौडेल, ‘दुर्गाकृत्यकौमुदी’, ‘पूर्णिमा’ ३ पूर्णाङ्क, २०२१, ५४–५७ पृ.; शङ्करमान राजवंशी, ‘ऐतिहासिक घटनावली’, वीरपुस्तकालय, काठमाडौँ, २०२०, १–२ पृ.; ‘मेड्इईभल् नेपाल्’ ३ भाग २ खण्ड, १०२–१०३, १०४, १०८, १०९, १२१ पृ.; गौतमवज्र वज्राचार्य, ‘अप्रकाशित ठ्यासफु’, ‘पूर्णिमा’ १२ पूर्णाङ्क, २०२३, २३, २६, २८, ३३, ३४ पृ.; गौतमवज्र वज्राचार्य, ‘ऐतिहासिक घटनावलि’, ‘पूर्णिमा’ १९ पूर्णाङ्क, २०२५, १९३–१९४ पृ.; ‘पूर्णिमा’ १३८ पूर्णाङ्क, १५७ पृ.)।

काठमाडौँको राजदरबारमा हुने चाडपर्वको विषयमा पछिल्लो मल्लकालमा ठ्यासफूमा लेखिएको एउटा पुस्तक प्रकाशमा आएको छ (धनवज्र वज्राचार्य, ‘वर्षकृति ः एक अप्रकाशित ठ्यासपूm’, ‘कन्ट्रिब्युशन्ज् टु नेपालीज् स्टड्इज्’ १४ ठेली १ अङ्क, २०४३, ७५–९० पृ.)।

त्यस पुस्तकमा वर्ष शुरु गर्दा कार्तिकदेखि शुरु नगरी चैत्रदेखि गरिएकोले त्यहाँ कार्तिकादि परम्पराको अनुसरण नगरी चैत्रादि परम्पराको अनुसरण गरिएको देखिएको छ। यो देख्दा ने.सं. ७९७ चैत्रशुक्लमा उठाई कार्तिकशुक्लमा नयाँ संवत्सर अर्थात् ने.सं. ७९८ फिराई फाल्गुनकृष्णमा टुङ्ग्याइएको नेवारी पात्रोको सम्झना हुन्छ। यताबाट नेपालसंवत् सिद्धान्ततः कार्तिकादि भए तापनि हाम्रो यहाँतिर चलेका विक्रमसंवत् र शकसंवत् जस्तै व्यवहारतः चैत्रादि भएको कुरा स्पष्ट भएको छ (महेशराज पन्त, ‘ने.सं. ७९७–७९८ (वि.सं. १७३४)को पात्रो’, ‘पूर्णिमा’ १०९ पूर्णाङ्क, २०६०, ३२–५६ पृ.)।

ठ्यासपूmमा ४३ पृष्ठमा लेखिएको त्यस पुस्तकमा १८ पृष्ठ त दसैँको विषयले भरिएका छन्। दसैँ गर्ने कोठा भित्रै हुन्थ्यो र त्यसलाई ‘नवरात्र कुथि’ भनिन्थ्यो, त्यस कोठामा दसैँमा भगवतीको स्थापना गरिन्थ्यो र ती भगवती ‘नवरात्र भगवती’को नाउँले पुकारिन्थिन् भत्रे बुझिन्छ।

‘नवरात्र भगवती’को स्थापना गरिँदा गरिँदै पनि तलेजुको पूजा विशेष गरी गरिन्थ्यो र देगुतले, मानेश्वरी आदि देवीको पनि पूजा गरिन्थ्यो। दसैँमा पाठ पनि गरिन्थ्यो। कुन पुस्तक पाठ गर्ने भत्रे विषयमा त्यहाँ नलेखिए पनि ‘सप्तशती चण्डी’को पाठ हुन्थ्यो भनी निर्धक्क भत्र सकिन्छ। भक्तपुरको मूल राज्यबाट छुट्टिएर आई काठमाडौँमा भित्रै राज्य खडा गरिसकेपछि पनि भक्तपुरमा दसैँमा काठमाडौँबाट पूजाभाग जान्थ्यो भत्रे कुरा पनि त्यस ठ्यासफूबाट थाहा हुन्छ।

नेवारहरूमा फूलपाती गर्ने चलन त्यति नभए पनि ने.सं. ७८९ तदनुसार वि.सं १७२६ मा आश्विनशुक्लसप्तमीका दिन पत्रिकास्थापन अर्थात् फूलपातीको विधि गरिएको कुरा एउटा टिपोटमा आएकोले र मल्लकालमा लेखिएको ‘वर्षक्रिया’ भत्रे पद्धतिको पुस्तकमा फूलपातीको चर्चा आएकोले (गौतमवज्र वज्राचार्य, ‘हनूमान्ढोका राजदरबार’, नेपाल र एशियाली अध्ययन संस्थान, काठमाडौँ, २०३३, १८६–१८७ पृ.) उनीहरू फूलपाती मान्दै मान्दैनथे भनी भत्र गाह्रो छ।

अस्त्रिद जोत्तरले निष्कर्ष निकाले जस्तै, नेवारहरूले मात्रे गरेको दसैँको कर्मकाण्डसम्बन्धी, उनीले केलाएका कुनै पनि पुस्तकमा फूलपातीको विधि नलेखिएकोले नेवारहरू फूलपाती खास मान्दैनथे भनी भत्र सकिन्छ (उते हुस्केन र उदो सिमनद्वारा सम्पादित ‘दि याम्बिभ्यालेन्स् अफ डेनिअल्ः ड्यान्जर् यान्ड् अपील् अफ रिट्युअल्ज्’मा अस्त्रिद जोत्तरको ‘द मेक्इङ् यान्ड् अन्मेक्इङ् अफ रूलर्ज्ः अन् डेनिअल् अफ रिट्युअल् इन् नेपाल्’, हर्रासोवित्ज फेर्लाग, वीस्बादेन, ई.सं. २०१६, २३६ पृ.)।

मल्ल राजाहरूको लागि दसैँको महत्व कतिसम्म थियो भत्रे कुराको उदाहरण ललितपुरका राजा श्रीनिवास मल्लको ने.सं. ७८६ तदनुसार वि.सं. १७२३ को एउटा सुवर्णपत्रमा पाइएको छ। खुलाएर भन्दा, त्यो साल आश्विनशुक्लप्रतिपदा अर्थात् घटस्थापनाको दिन श्रीनिवास मल्लले आफ्नो दरबारमा मूलचोक तयार गरे, त्यही चोकको बीचमा महानवमीको दिन आफ्नो इष्टदेवता यन्ताजुको पूजाको लागि मन्दिर पनि बनाए।

बर्सेनि महानवमीको पूजा चलाउनको लागि एक ठाउँको जगात अर्थात् करबाट आउने जति रकम पनि उनले छुट्ट्याए। त्यस सुवर्णपत्रको मङ्गलचरणमा देवीका विशेषणमध्ये एउटा ‘समुण्डचण्डघातिनी’ अर्थात् ‘मुण्डसमेतको चण्डलाई मार्ने’ भनी लेखिएको पनि चाखलाग्दो छ (रामजी तेवारी आदि, ‘अभिलेख–संग्रह’ ६ भाग, संशोधन–मण्डल, काठमाडौँ, २०१९, ११–१२ पृ.)।

दसैँमा मल्ल राजाहरूले दीक्षा लिने गरेको कुरा तात्कालिक टिपोटहरूबाट थाहा हुन्छ। यसको फेहरिस्त नै अस्त्रिद जोत्तरले आफ्नो लेखमा दिएकी छिन् (सिमन क्युबेलिक आदिद्वारा सम्पादित ‘स्टड्इज् इन् हिस्टर्इक्ल् डक्युमेन्ट्स् फ्रम् नेपाल् यान्ड् इन्डिअ’, हाइडल्बर्ग यूनिभर्सिटि पब्लिश्इङ, ई.सं. २०१८ मा अस्त्रिद जोत्तरको ‘कनवर्इङ् नवरात्रः डक्युमेन्टस् अन् दि रिअर्गनाइजेशन् अफ अ स्टेट्, ४९७ पृ.)। त्यस सूचीमा नपरेको दीक्षाको अर्को एउटा घटना अन्यत्र प्रकाशित छ (‘विद्या–रक्षा’, १५ संख्या, ४४ पृ.)।

मल्ल राजाहरूबाट गरिने पूजाको लागि दसैँको पद्धति मात्र नलेखिई ‘देवीमाहात्म्य’ अर्थात् ‘चण्डी’को पनि विशेष परिशीलन गरी पुस्तक लेख्ने गरिएको देखिएको छ। यसको उदाहरणको लागि काठमाडौँका राजा भूपालेन्द्र मल्लका चौतारा अर्थात् आजभोलिको भाषामा प्रधानमन्त्री, नवमीसिंह भँडेलले तयार पारेको ‘सप्तशती चण्डी’ (‘चण्डीभक्तविनोदिनी सप्तशती चण्डी’, केशरबहादुर राजभण्डारी, काठमाडौँ, २०४३ विद्यानाथ उपाध्याय भट्टद्वारा सम्पादित ‘सप्तशती चण्डी’, लम्बकर्णभट्टतन्त्रविद्यासंस्था, काठमाडौँ, २०७०) अघि सार्न सकिन्छ।

त्यस पुस्तकमा ‘सप्तशती’ अर्थात् ‘सात सय (श्लोक) भएको’ भनी कहलिएको ‘देवीमाहात्म्य’मा ‘मार्कण्डेय उवाच’, ‘ऋषिरुवाच’ र ‘राजोवाच’ जस्ता गद्यवाक्यलाई भित्राभित्रै श्लोक मानेर र पाँचौँ अध्यायमा ‘नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः’ लेखिएको हरेक श्लोकार्धलाई ३ वटा भित्राभित्रै श्लोक मानी सात सय श्लोक पुर्‍याई आएकोमा ‘उवाच’ आएका वाक्यलाई श्लोक नमानेर र ‘नमस्तस्यै’हरूको ठाउँमा भित्राभित्रै श्लोक लेखी ‘सप्तशती’ शब्दलाई अन्वर्थ पारिएको छ।

विजयादशमी अर्थात् दसैँको टीकाको दिनलाई मल्ल राजा र गोरखाली राजा दुवै कति महत्व दिन्थे भत्रे कुरा ने.सं. ७९८ तदनुसार वि.सं. १७३५ को विजयादशमीको दिन चारण अर्थात् खड्गयात्रा सिद्धिएपछि काठमाडौँका राजा नृपेन्द्र मल्ल र गोरखाली राजा पृथ्वीपति शाहले हनूमान्ढोकादरबारको मोहनचोकमा मीत लाएकोबाट बुझिन्छ (‘पूर्णिमा’ १३१ पूर्णाङ्क, १९५ पृ.)।

मल्ल राजाहरू दसैँ धूमधामसँग मनाउँथे। त्यसको लागि धेरै खर्च चाहिने हुनाले उनीहरू आफ्नो हकभोगको जग्गा सुद्धा बेच्थे। यसको उदाहरण काठमाडौँका राजा जगज्जय मल्लले वि.सं. १७८५ मा दसैँको पञ्चमीको दिन पूर्व बुचाकोट र पुरकोटको थुप्रो जग्गा बेचेको (शङ्करमान राजवंशी, ‘पुरातत्व–पत्रसंग्रह’ १ भाग, पुरातत्व र संस्कृतिविभाग, काठमाडौँ, २०१६, १३–१४ पृष्ठ; मोहनप्रसाद खनाल, ‘अभिलेख संकलन’, साझा प्रकाशन, काठमाडौँ, २०२८, ५९–६० पृ.), त्यही साल आश्विनशुक्लत्रयोदशीको दिन अर्थात् टीकापछिको त्रयोदशीको दिन भैमालको जग्गा बेचेको (‘पुरातत्व–पत्रसंग्रह’ १ भाग, १४–१५ पृ.) र उनै राजाले वि.सं. १७९० मा दसैँखर्चकै लागि अर्को जग्गा बेचेको (महेशराज पन्त, ‘नेवार राज्यमा ब्राह्मण’, ‘पूर्णिमा’ १०१ पूर्णाङ्क, २०५७, ६०–६१ पृ.)मा पाइन्छन्।

पश्चिम खसदेशका राजा पुण्य मल्लको एउटा ताम्रपत्रमा ‘ श्रीशाके १२५८ कात्तिकसुदि विजयदशम्यां रविवारे’ भनी मिति दिइएको छ (नरहरिनाथ, ‘इतिहासप्रकाशमा सन्धिपत्रसंग्रह’, २०२२, ७६१ पृ.)। यस तिथिमितिको व्याख्या गर्दा नरहरिनाथले ‘शाके सम्वत् १२५८ कार्तिकशुक्लपक्ष विजया दशमीको दिन (बडा दसैं टीका) रविवारमा’ (उही, ७६२ पृ.) भनी लेखेका छन्।

आश्विन महिनामा क्षयमास पर्दा कार्तिकमा दसैँ मात्रे परम्परा भएकोले यो साल शाके १२५८ मा क्षयमास परेको आभास हुन्छ। तर क्षयमास शाके १२५८ मा नपरी त्यसको २ वर्षअगाडि शाके १२५६ मा परेको देखिएकोले (नयराज पन्त, ‘वेङ्कटेश केतकरको इन्डिअन् यान्ड् फर्इन् क्रोनलजिको संस्कृत अनुवाद’, ‘पूर्णिमा’ ७१ पूर्णाङ्क, २०४५, ९ पृ.) यस विषयमा अलि विचार गर्नु परेको छ।

प्रसिद्ध ज्योतिषी भास्करले वि.सं. १२०७ मा लेखेको ‘सिद्धान्तशिरोमणि’मा अधिमास र क्षयमासको विषयमा लेख्दा अघि गएको एउटा र पछि आउने ३ वटा क्षयमासको चर्चा गरेका छन्। त्यसअनुसार शाके ९७४ मा क्षयमास परेथ्यो र शाके १११५, १२५६ र १३७८ मा क्षयमास पर्नेछ भनी उनले लेखेका छन् (‘विद्यारक्षा’ १५ संख्या, १५–१९ पृ.मा उद्धृत)। भास्करले शाके ९७४ मा परेको भनी भनेको क्षयमास वेङ्कटेश केतकरको सारिणीअनुसार शाके ९७५ मा परेको र भास्करले शाके १११५ मा पर्नेछ भनी भनेको क्षयमास त्यही सारिणीअनुसार शाके १११६ मा परेको, भास्करले शाके १३७८ मा पर्नेछ भनी भनेको क्षयमासचाहिँ त्यही सारिणीअनुसार शाके १३७८ को आसपासमा कहीँ पनि नपरेको र भास्करले शाके १२५६ मा पर्नेछ भनी भनेको क्षयमास मात्र त्यही सारिणीअनुसार शाके १२५६ मै परेको देखिएको छ (‘पूर्णिमा’ ७१ पूर्णाङ्क, ८, ९ पृ.)।

यसैगरी दैवज्ञराजको ‘क्षयमासनिर्णय’मा अघि गएका पाँचवटा क्षयमासको र पछि आउने तीनवटा क्षयमासको चर्चा गरिएको छ (‘विद्या–रक्षा’ १५ संख्या, ४६–४७ पृ.मा उद्धृत)। त्यसअनुसार शाके १३७८, १३९७, १४४३, १४६२ र १६०३ मा क्षयमास परेका थियो। वेङ्कटेश केतकरको सारिणीअनुसार शाके १३७८ मा मात्र होइन, त्यसको आसपासमा पनि कहीँ क्षयमास नपरेको कुरा भरखरै माथि लेखियो।

शाके १४४३, १४६२ र १६०३ मा परेको दैवज्ञराजले भनेका क्षयमासचाहिँ त्यही सारिणीबाट क्रमशः शाके १, १४६३ र १६०४ मा परेको देखियो। खालि, दैवज्ञराजले शाके १३९७ मा परेको भनी भनेको क्षयमास मात्र त्यही सारिणीअनुसार त्यही साल परेको देखियो। दैवज्ञराजले शाके १७४४, १८८५ र १९०४ मा पर्नेछ भनी भनेका क्षयमासमध्ये त्यही सारिणीअनुसार पहिलो शाके १७४५ मा, दोस्रो शाके १८८६ मा परेको र तेस्रोचाहिँ शाके १९०४ को आसपासमा कहीँ पनि परेको छैन। इत्यादि कारणले प्रचलित पद्धतिभन्दा भित्रै प्रकारको क्षयमासपद्धति पुण्य मल्लको अभिलेखमा देखिएको छ कि जस्तो लाग्छ।

वि.सं. २०४६ मा राजकाजमा आएको परिवर्तनपछि जनजातिले दसैँ मात्रु हुँदैन, किनकि यो हिन्दू चाड हो र जनजाति हिन्दू होइनन् भत्रे जनवाद किंवा परिवाद मुखर भएको विषयमा केही लेखी यो सानो लेख टुङ्ग्याउनुपरेको छ। यही जनवाद किंवा परिवादलाई शब्दान्तरमा भत्रे हो भने, नेपालमा चुच्चे र नेप्टेको बहस चल्न थाल्यो र दसैँ चुच्चेको चाड हो, चुच्चेको हातमा राज्यसत्ता गएपछि नेप्टेमाथि दसैँ लादियो भत्रे व्यापक प्रचार भयो। चुच्चे भनेको पर्वते बाहुनछेत्री र नेप्टे भनेको वर्णव्यस्थाभन्दा बाहिरका जाति भत्रे परिभाषा पनि बन्यो।

यसैले वर्णेतर जातिले दसैँ मात्रु हुँदैन भत्रे जनवाद किंवा परिवाद आन्दोलनकै रूपमा चल्यो। त्यस आन्दोलनको विषयमा विदेशी र स्वदेशी विद्वान्हरूले निकै अनुसन्धान गरे, लाखौँ लाख खर्च गरी ठूला ठूला सेमिनार भए, भीषण भाषण भए र उनीहरूका लम्बेतानका लेख छापिए। गोरखा राज्यको विस्तार भएपछि दसैँलाई मुलुकको मुख्य चाड बनाउने उद्योग भएकोमा शङ्का नभए पनि (उदाहरणको लागि, ‘स्टड्इज् इन् हिस्टर्इक्ल् डक्युमेन्ट्स् फ्रम् नेपाल् यान्ड् इन्डिअ’, ४९३–५३१ पृ.) वर्णेतर जातिले मान्दै आएको चाड नै दसैँको अपरिहार्य अङ्ग भएको हो भत्रे कुराचाहिँ जनजातिको दसैँबहिष्कारको विषयमा खोजी गर्ने विद्वान्हरूले बुझ्ने कोशिश गरेनन्। देवीपूजन मूलतः वर्णेतर जातिको चाड हो भनी मैले भरखरै मात्र खुलाएर अन्त लेखिसकेकोले (‘दुर्गोत्सव किंवा दसैँ’, ‘मधुपर्क’ ५९३ पूर्णाङ्क, २०७५) फेरि त्यसलाई यहाँ दोहर्‍याइरहनुको कुनै अर्थ छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.