नयाँ रुट हुँदै गुर्जा हिमाल चढेका ९ आरोहीको मृत्यु (भिडियाेसहित)

नयाँ रुट हुँदै गुर्जा हिमाल चढेका ९ आरोहीको मृत्यु (भिडियाेसहित)

काठमाडौं : म्याग्दीको गुर्जा हिमाल (७१९३ मिटर) आरोहणका क्रममा चार नेपाली र ५ कोरियाली नागरिकको मृत्यु भएको छ। आरोहण दलका सबै सदस्य ३८ सय मिटर उचाईमा रहेको आधार शिविरमा बसेर हिमाल आरोहणको तयारी गर्दै गरेको अवस्थामा हिमआँधीले बगाएको हो।

मृत्यु हुनेमा आरोहण दलका प्रमुख कोरियाका किम चाङ हो सहित लि जाइहुङ, रिम इल जीन, यु युङजिक, जेओङ जो मो छन्।

आरोहण टोलीका नेपाली सदस्य संखुवासभा भोटखोला गाउँपालिका ३ का छिरिङ भोटे, लाक्पा साङबु भोटे, फुर्वु भोटे र धौलागिरी गाउँपालिकाका नेत्रबहादुर छन्त्याल रहेको आरोहण आयोजक एजेन्सी ट्रेकिङ क्याम्प नेपालका प्रमुख वाङछु शेर्पाले जानकारी।

यो आरोहण दल नयाँ रुट भएर पहिलो पटक आरोहणमा गएको थियो।

आधार शिविर भन्दा माथि गुर्जा हिमाल, चुरेन हिमाल र धौलागिरी-६ हिमाल हुँदै हिउँआँधी आएर आरोहीहरूलाई पाँच सय मिटर तलसम्म छरपष्ट बगाएको उद्धारमा पुगेका सिम्रिक एयरका वरिष्ठ क्याप्टेन सिदार्थ जंग गुरुङले बताए।


पढ्नुस् : गुर्जा हिमालमा हिमपहिरो, ४ नेपालीसहित ९ को मृत्यु


'आधार शिविरमा हिउँ छैन तर माथिबाट बगेर आएको हिउँले घाँस समेत लतारेको छ, शवहरू पाखै भरी छरपष्ट अवस्थामा रहेको देखेँ', घटनामा परेकाहरूलाई जिवितै उद्दार गर्न सकिने आशामा शनिबार बिहान हेलिकोप्टर लिएर त्यहाँ पुगेका गुरुङले भने, 'टेण्टहरू केही बगाएको र केही आधार शिविरमै देखेँ। केही शव स्लिपिङ ब्यागभित्रै भएको अनुमान गरेँ।'

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे, आरोहण दलका प्रमुख  किम चाङ होलाई आरोहण अनुमति प्रदान गर्दै। फोटो सौजन्यः वाङछु शेर्पा।

यो आधार शिविर मानववस्ती भन्दा पैदल दूरीमा ६ घण्टा माथि रहेको गुरुङको भनाई छ। मृतकहरूको शव सिम्रिक एयरमार्फत नै लङलाइन (डोरीमा तानेर) गरेर ल्याउने र आफन्तलाई बुझाउने तयारी भएको आयोजक एजेन्सीका प्रमुख वाङछु शेर्पाले बताए।

आरोहण दल असोज १६ गते आरोहणका लागि काठमाडौंबाट आधार शिविरतर्फ लागेको थिए। खतरानक मानिने गुर्जा हिमालको आधारशिविरमा यसअघि पनि चार जनाको मृत्यु भएको एजेन्सीको भनाई छ।


पढ्नुस् : गुर्जा हिमाल : दशकपछिको पहिलो आरोहणमै दुर्घटना


सरकारी प्रतिनिधि चार दिनदेखि बेखबर

सरकारले आरोहण दलको सहयोगीको रुपमा खटाएको सम्पर्क अधिकृत आरोहण दलका सबै सदस्य चार दिनदेखि बेपत्ता हुँदा समेत बेखबर भएको एजेन्सीले दुखेसो पेखेको छ।

आरोहणमा जानुअघि काठमाडौंमा टोलीका सदस्यहरू। 

गुर्जा हिमाल आरोहण दलका लागि पर्यटन विभागले अर्जुन पोखरेललाई सम्पर्क अधिकृत तोकेको थियो। आरोहणदलका सदस्यहरू असोज २४ गते बुधबारदेखि सम्पर्कविहीन भएपछि शुक्रबार एजेन्सीको सहयोगमा स्थानीयवासिन्दा आधार शिविर पुगेपछि बल्ल घटना सार्वजनिक भएको थियो।

यता सम्पर्क अधिकृत पोखरेलले 'आफू काठमाडौंमा रहेको र दुर्घटनाको खबर सुनेको' प्रतिकृया दिए। पर्यटक प्रहरीले समेत पर्यटक दुर्घटनाको जानकारी पाएको तर कुनै विवरण नभएको जानकारी दियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.