बास्तोलाको पार्थिव शरीर ४ बजेसम्म सानेपामा राखिने
![बास्तोलाको पार्थिव शरीर ४ बजेसम्म सानेपामा राखिने](https://annapurnapost.prixacdn.net/media/albums/bastola-death_20181013162414_TRG0DqSeHg.jpg)
काठमाडौँ : नेपाली कांग्रेसका नेता स्वर्गीय चक्रप्रसाद बास्तोलाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अपराह्न १:३० देखि ४ बजेसम्म ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ।
२०६९ पुसदेखि मस्तिष्कघात भई अर्धचेत अवस्थामा रहेका बास्तोलाको शनिबार राति निधन भएको थियो। उनका श्रीमती र दुई छोरी छन्। शनिबार उनको स्वास्थ्य अवस्था जटिल भएपछि उपचारका लागि बाँसबारीस्थित न्यूरो अस्पतालमा लगिएको थियो। तर उपचार सम्भव नभएपछि पुनः निवासमा लगिएको थियो।
पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार स्वर्गीय बास्तोलाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ। बास्तोला पूर्वपराराष्ट्रमन्त्री, नेकाका केन्द्रीय सदस्य एवम् भारतका लागि नेपालका पूर्व राजदूतसमेत हुन्। रासस
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)