अनाथ नानीलाई व्यवसायीले दिए १ लाख दसैं खर्च
दोलखा : दोलखा लगायत १४ जिल्लाका अनाथ बालबालिकालाई यहाँका एक युवा व्यवसायीले दसैं मनाउने खर्चको रुपमा एक लाख नगद सहयोग गरेका छन् ।
नेपाल बाल संगठनद्धारा सञ्चालित गौरीशंकर बालगृहमा रहेका २४ अनाथ बालबालिकालाई गणेश खरेलले आर्थिक सहयोग गरेका हुन् । कालिञ्चोक गाउँपालिका–८, सुनखानीका व्यवसायी गणेश खरेलले बालबालिकालाई नगद सहित खाद्यान्न र नयाँ पोशाक पनि उपलब्ध गराए ।
अनाथ बालबालिकालाई यो दसैं नरमाइलो नहोस् भन्दै आवश्यक सहयोग गरेको व्यवसायी खरेलले बताए । साथै उनले बालगृहका बालबालिको शिक्षाको लागि पनि भविष्यमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।