सीके राउत समूहका उप–संयोजक पक्राउ

सीके राउत समूहका उप–संयोजक पक्राउ

परासी  : स्वतन्त्र मधेस गठबन्धन (सीके राउत समूह) का केन्द्रीय उप–संयोजक कैलाश महतोलाई प्रहरीले पक्राउ गरेको छ । 

पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित बुद्धचोकमा कार्यकर्ता जम्मा गरेर भाषण गर्ने क्रममा शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । महतोसहित प्रहरीले २४ जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका २२ जनालाई साँझ नै छाडेपनि उनीसहित नवलपरासी जिल्ला संयोजक श्रीकृष्ण यादवलाई मुद्दा चलाइएको छ । महोत्तरी जिल्ला स्थायी घर भएका महतो लामो समयदेखि परासी सदरमुकाममा परिवारसहित बस्दै आएका छन् । सीके राउतपछि उनी संगठनमा दोस्रो तहका हुन्।

शान्ति सुरक्षालाई बिथोल्दै राष्ट्रिय एकतामा खलल पुग्ने गरी अभिव्यक्ति दिएकाले उनीहरुलाई पक्राउ गरी थुनामा राखिएको जिल्ला प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।

उनीहरु माथि अपराध संहिताको दफा ४९ बमोजिम ‘राज्यविरुद्धको कसुर’  अन्तरगत मुद्दा प्रकृया अघि बढाइएको भट्टले जानकारी  दिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.