दसैं मनाउन द्धन्द्धपीडित बालबालिकालाई नगरपालिकाको सहयोग

दसैं मनाउन द्धन्द्धपीडित बालबालिकालाई नगरपालिकाको सहयोग

मलंगवा : दसैंको अवसरमा बागमती नगरपालिकाले ४९ जना द्धन्द्धपीडित अनाथ बालबालिकालाई १ लाख बराबरको खाद्यान्न, कपडा र खसी प्रदान गरेको छ ।

सर्लाहीको हरिवन नगरपालिका–५ स्थित घुर्कौलीमा रहेको चेतना संदेश नेपाल द्वन्द्व पीडित बालगृहमा रहेका बालबालिकालाई दसैंको उपलक्ष्यमा सहयोग प्रदान गरिएको हो ।

सोमबार बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले बालगृह पुगेर बालबालिकालाई खाद्यान्न, नयाँ लुगा र खसी प्रदान गरेका हुन् । सबैको दसैं रमाइलो होस् भन्ने ठानेर दसैंमा सहयोग गरेको मेयर थापाले बताए । साथै द्धन्द्धपीडित अनाथ बालबालिकालाई सहयोग गर्न पाएकोमा खुसी लागेको बताए ।

चाडबाडको समयमा यस्तो सहयोगले बालबालिकालाई हौसला भन्दै बालगृहका संचालक सुरेन्द्र लामाले बताए । बालगृह सहयोगबाटै संचालन हुँदै आएको संस्था हो । बालगृहमा अहिले ४९ जना द्धन्द्धपीडित बालबालिका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.