अचानक किन ठप्प भयो युट्युब ? कम्पनीले माग्यो माफी

अचानक किन ठप्प भयो युट्युब ? कम्पनीले माग्यो माफी

काठमाडौं : भिडियो वेबसाइट युट्युब बुधबार केही घण्टा ठप्प भयो  । बुधवार बिहान युट्युबको सर्भर पुरै विश्वभर ठप्प भएको थियो । कुनै पनि देशका इन्टरनेट प्रयोगकर्ताले आफ्नोदेशमा यस साइटबाट भिडियो हेर्न पाएनन् । यस क्रममा युट्यूबको वेबसाइट खेाल्दा कित इरर भनेक थियो कित भिडियो प्ले हुन मानेको थिएन ।  

सूचना पाएपछि  युट्यूबले  ट्वीट गरेर यसका लागि माफी मागेको छ ।  युट्यूबले ट्वीट गरेर भनेको छ, 'हामी पुन: आएका छौं तपाईंको धैर्यका लागि धन्यवाद। यदि तपाईंलाई अझै समस्या छ भने खबर गर्नुहोस ।' 

यसभन्दा  पहिले युट्युब डाउन हुँदा उसले ट्विट गरेको थियो । 'युट्यूब टीभी र 'युट्यूब म्यूजिक' चलिरहेको छैन । उसले चाँडै यो समस्या समाधान हुने जानकारी गराएको थियो । 

तर युट्युब बन्द हुनुपछिको कारणबारे केही पत्ता लागेको छैन  । 

दुनियाँभरमा युट्यूब  डाउन भएलगत्तै  सामाजिक सञ्जालमा #YouTubeDOWN नामबाट एक ट्रेन्ड बन्यो । कयौं मानिसले यसको स्क्रीनशट्स  पनि सेयर गरेर हाँसिमजाक गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.