यस्तो छ प्रधनमन्त्रीको दसैं कार्यतालिका  : बुबापछि राष्ट्रपतिको हातबाट टिका लगाउने

यस्तो छ प्रधनमन्त्रीको दसैं कार्यतालिका  : बुबापछि राष्ट्रपतिको हातबाट टिका लगाउने

काठमाडौं  : प्रधानमन्त्री केपी शर्मा ओलीको दसैं कार्यतालिका सार्वजनिक भएको छ। प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टिका लगाउनेदेखि कार्यकर्तालाई टिका लगाइदिनेसम्मको कार्यतालिका सार्वजनिक भएको हो। 

महानवमीको अवसरमा बिहीबार बिहान झापा गएर साँझ राजधानी फर्किएपछि प्रधानमन्त्रीको दसैं कार्यक्रम सुरु हुन्छ। 

एकादशी अर्थात् असोज ३ गतेदेखि चतुर्दशी कार्तिक ६ गतेसम्म बिहान ९ देखि ११ बजेसम्म प्रधानमन्त्रीले सम्मकार्यकर्ता र शुभचिन्तकलाई टिका लगाइदिने कार्यक्रम उनको सचिवालयले सार्वजनिक गरेको छ। 

प्रधानमन्त्रीको दसैं कार्यतालिका 

–२०७५ कात्तिक १ गते बिहीबार, महानवमी (बिहान झापा प्रस्थान र अपरान्ह काठमाडौं फिर्ता)

-झापामा हुँदा चन्द्रगढीस्थित झापा जिल्ला समन्वय समितिको भवनमा जिल्ला रेडक्रस सोसाइटीको आयोजनामा स्वर्ण महोत्सव स्मारिका विमोचन कार्यक्रम
प्रधानमन्त्री ओलीको आयोजनामा विर्तामोडस्थित अग्रसेन भवनमा शुभकामनाआदान-प्रदान तथा चियापान कार्यक्रम, 

-२०७५ असोज २ गते, शुक्रवार, विजया दशमी शुभ साइत ९:४५ मा बुबा मोहनप्रसाद ओलीको हातबाट टिका ग्रहण,
 
-बिहान १० बजेपछि प्रधानमन्त्रीको सचिवालयका सदस्यलाई टिका लगाइदिने, 

-दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट टिका ग्रहण,
 
 -दिउँसो २ बजे मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्ष निकायका उच्च अधिकारी, राष्ट्रसेवकलाई टिका लगाइदिने, 

-अपरान्ह ३  : ३० देखि ५.३० बजेसम्म पार्टी कार्यकर्ता तथा सर्वसाधारणलाई टिका लगाइदिने, 

-साँझ ६ बजेदेखि  : परिवारका सदस्यलाई टिका लगाइदिने,

-एकादशी असोज ३ गतेदेखि चतुर्दशी कार्तिक ६ गतेसम्म बिहान ९ बजेदेखि ११ बजेसम्म कार्यकर्तालाई टिका लगाइदिने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.