प्रधानमन्त्री ओली दसैं शुभकामना दिन झापा जाँदै

प्रधानमन्त्री ओली दसैं शुभकामना दिन झापा जाँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली दसैं को शुभकामना दिन बिहीबार झापा जाँदै छन्।  महानवमीको अवसरमा बिहीबार बिहान झापा गएर अपरान्ह राजधानी फर्किने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

झापामा रहदा प्रधानमन्त्री ओलीले चन्द्रगढीस्थित झापा जिल्ला समन्वय समितिको भवनमा आयोजित कार्यक्रममा सहभागिता जनाउने छन् । जिल्ला रेडक्रस सोसाइटीको आयोजनामा स्वर्ण महोत्सव स्मारिका विमोचन गरेपछि प्रधानमन्त्री ओली विर्तामोडमा दसैं शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुनेछन् । 

प्रधानमन्त्रीको दसैं कार्यतालिका 

–२०७५ कात्तिक १ गते बिहीबार, महानवमी (बिहान झापा र अपरान्ह काठमाडौं फिर्ता)

-झापामा हुँदा चन्द्रगढीस्थित झापा जिल्ला समन्वय समितिको भवनमा जिल्ला रेडक्रस सोसाइटीको आयोजनामा स्वर्ण महोत्सव स्मारिका विमोचन कार्यक्रम
प्रधानमन्त्री ओलीको आयोजनामा विर्तामोडस्थित अग्रसेन भवनमा शुभकामनाआदान-प्रदान तथा चियापान कार्यक्रम, 

-२०७५ असोज २ गते, शुक्रवार, विजया दशमी शुभ साइत ९:४५ मा बुबा मोहनप्रसाद ओलीको हातबाट टिका ग्रहण,
 
-बिहान १० बजेपछि प्रधानमन्त्रीको सचिवालयका सदस्यलाई टिका लगाइदिने ,

-दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट टिका ग्रहण,
 
 -दिउँसो २ बजे मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्ष निकायका उच्च अधिकारी, राष्ट्रसेवकलाई टिका लगाइदिने, 

-अपरान्ह ३  : ३० देखि ५.३० बजेसम्म पार्टी कार्यकर्ता तथा सर्वसाधारणलाई टिका लगाइदिने, 

-साँझ ६ बजेदेखि  : परिवारका सदस्यलाई टिका लगाइदिने,

-एकादशी असोज ३ गतेदेखि चतुर्दशी कार्तिक ६ गतेसम्म बिहान ९ बजेदेखि ११ बजेसम्म कार्यकर्तालाई टिका लगाइदिने। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.